नेकपा सुदुरपश्चिम प्रदेशको बैठक धनगढीमा जारी

नेकपा सुदुरपश्चिम प्रदेशको बैठक धनगढीमा जारी

धनगढी ।  नेकपा सुदुरपश्चिम प्रदेशको दोस्रो बैठक धनगढीमा जारी छ । प्रदेश समीतीको दोस्रो बैठक आज धनगढीमा सञ्चालन भइरहेको छ । 

सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाको अध्यक्षता बसिरहेको बैठकमा प्रदेश इन्चार्ज भिम रावल ,स्थायी कमिटी सदस्य लेखराज भट्ट,प्रदेश कमिटीका सह इन्चार्जहरु , प्रदेश कमिटीका सचिब र प्रदेश सदस्यहरुको सहभागीता रहेको छ ।

बैठकले पार्टीको आगामी कार्यक्रम ,प्रदेश सरकार र स्थानिय सरकारको काम कार्बाहीको समिक्षा गर्ने छ । बैठक पछि पार्टीबाट निर्बाचित जनप्रतिनिधीहरुलाई समेत प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।