नेपाल र चीनबीच १७ समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच १७ समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र चीन दुई देशबीच अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने, नेपालमा रेल सञ्जाल निर्माण विषयमा पनि सहमति भएको छ । यस्तै, टोखा–छहरे सुरुङ मार्ग, पर्यटन प्रवद्र्धन, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा काम गर्ने सहमति भएको छ ।