प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति शीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति शीबीच भेटवार्ता

नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति शी चिनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरका छन् । 

आइतवार नेकपाको सचिवालय सदस्यहरूसँगको भेटवार्तापछि शी र प्रधानमन्त्री ओलीबीच वान टु वान भेटवार्ता भएको हो ।

अहिले नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता जारी छ ।

चीनका राष्ट्रपति शी र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।