‘द भ्वाइ अफ नेपालको ‘ब्याटल राउण्ड’ बाट धनगढीका साजन बाहिरिए

धनगढी खबर    

‘द भ्वाइ अफ नेपालको ‘ब्याटल राउण्ड’ बाट धनगढीका साजन बाहिरिए

सुदूरपश्चिमबाट ‘द भ्वाइ अफ नेपाल–२ मा  सहभागी साजन लामा ‘ब्याटल राउण्ड’ बाट बाहिरिएका छन् । शनिवारको ‘ब्याटल राउण्ड’को अंकमा टिम प्रमोदको ‘ब्याटल’ मा धनगढीका साजन बाहिरिएका हुन ।साजन धनगढी उप–महानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँका हुन ।

कोच प्रमोदबाट मधु लामा र साजन लामाको ब्याटल भएको थियो । उनिहरुले कोचकै स्वर रहेको ‘हंगामा भो’ बोलको गीत गाएका थिए ।

मधु र साजनमध्ये कोच प्रमोद एकलाई छनौट गर्न नसकेपछि ‘द भ्वाइ अफ नेपाल’ को इतिहासमा पहिलो पटक दुवैलाई अगामीको चरणमा प्रवेश गराउने मौका प्रदान गरेका थिए । तर दुवै जनालाई एक भएर जानु पर्ने सर्त थियो ।

त्यसमा दुवैको सहमती हुनु आवश्यक थियो । मधुले सो सर्त इन्कार गरे ।कोच प्रमोदले एकलाई छनौट गर्नु पर्नेमा मधुलाई अगामी चरणका लागि छनौट गरे । साजनले ब्यालण्ड अडिसनमा कोच आस्था र प्रमोदको कुर्सी घुमाउनसफल भएका थिए ।



आइतबार २६, असोज २०७६ १२:३१ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस