चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत

चिनियाँ  राष्ट्रपति सीको भव्य स्वागत

दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं उत्रिएका चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भव्य स्वागत गरेका हुन् ।

अपराह्न ४ः४७ मा विशेष विशेष विमानबाट काठमाडौं अवतरण भएका सीको स्वागतमा चिनियाँ नागरिक समेत सडकमा आएका छन् ।

सीको स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी विमान अगाडि नै गएकी थिइन् । राष्ट्रपति सीको स्वागतमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि विमानअघिल्तिर पुगेका थिए । राष्ट्रपति सीलाई अति विशिष्ट कक्षमा पुर्याउन चारवटा बुलेट प्रुफ गाडी झिकाइएको थियो । 

अतिविशिष्ट कक्षमा राष्ट्रपति सीले प्रधानमन्त्रीसँग केहीबेर भलाकुसारी गर्नेछन् । त्यसपछि राष्ट्रपति सीलाई नेपाली सेनाको विशेष टुकडीले २१ तोपको सलामीसहित सम्मान गारद प्रदान गर्नेछ । त्यसपछि राष्ट्रपति सी  होटल सोल्टीमा केहीछिन आराम गर्नेछन् ।

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच साँझ ६ः३० बजे भेटवार्ता हुनेछ भने त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता हुने कार्यक्रम रहेको  छ।