चिनियाँ राष्ट्रपति काठमाडौं आइपुगे

चिनियाँ राष्ट्रपति काठमाडौं आइपुगे

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नईबाट उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् । सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन,  प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुसमेत विमानस्थल पुगेका छन् ।