ब्राउन सुगर सहित एक युवती पक्राउ

ब्राउन सुगर सहित एक युवती पक्राउ

धनगढी : कैलालीमा ब्राउन सुगर सहित एक युवती लाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । भारत बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा जाँच गर्दा धनगढी उपमहानगरपालिका ६ की २४ बर्षीया कौशिल्या चौधरी पक्राउ परेकी हुन ।

शरीरमा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले चौधरीलाई तीन ग्राम ६ सय ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताउनुभयो ।