‘नेपाल लोक स्टार’ बाट बाहिरिए पविन्द्र, बाँकी चार फाइनलिष्ट

धनगढी खबर    

‘नेपाल लोक स्टार’ बाट बाहिरिए पविन्द्र, बाँकी चार फाइनलिष्ट

मौलिक रियालिटी शो (सांगीतिक प्रतियोगिता) ‘नेपाल लोक स्टार’बाट पविन्द्र सुनार बाहिरिएका छन् ।उनी बाहिरिएसँगै ‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धी बाँकी रहेका छन् ।

रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे फाइनलमा पुगेका छन् । ३२औं श्रृंखला प्रशारण हुँदा चार उत्कृष्ट फाइनलिष्ट तयार भएका हुन् । 

उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो । ‘नेपाल लोक स्टार’का अनुसार अब आज (शनिबार दिउँसो १२ बजेबाट कात्तिक ८ गतेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा  दर्शकले भोट गर्न पाउने छन् । प्राप्त भोटका आधारमा विजेता घोषित हुने छन् । 

विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।



शनिबार २५, असोज २०७६ १२:५९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस