फ्राइडे रिलिज : 'छ माया छपक्कै' देशैभर प्रदर्शन

धनगढी खबर    

फ्राइडे रिलिज : 'छ माया छपक्कै' देशैभर प्रदर्शन

चलचित्र 'छ माया छपक्कै' शुक्रबार (आज) देखि देशैभर प्रदर्शनमा आएको छ । दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायतको विशेष भूमिका रहेको छ ।

यो चलचित्र यसअघिको छक्का पञ्जा सिरिजभन्दा फरक रहेको निर्माण पक्षले बताएको छ । चलचित्रको कथा राजनीतिले प्रेममा पार्ने प्रभावमा घुमेको छ । 

रोहित अधिकारी निर्माता रहेको चलचित्रमा केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेका छन् । चलचित्रको कथा निर्देशक लामा, पटकथा दीपकराज गिरी र संवाद दीपक, केदार र जितु मिलेर लेखेका हुन् । यसअघि प्रदर्शन भैसकेको चलचित्रको जुनको जुनेली गीतलाई दर्शकले रुचाइसकेका छन् । 



शुक्रबार २४, असोज २०७६ ०१:१२ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस