ब्याट्सम्यान नचल्दा नेपाल ओमानविरुद्ध ६४ रनमै अल आउट

ब्याट्सम्यान नचल्दा नेपाल ओमानविरुद्ध ६४ रनमै अल आउट

पाँच राष्ट्र सहभागी टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ६५ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा सबै विकेट गुमाउँदै ६४ रनमात्रै बनाउन सक्यो । 

नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन । आरिफ शेख राम्रो लयमा देखिए पनि उनी २० रनमै आउट भए । 

यसबाहेक कप्तान पारस खड्काले पाँच रन बनाउँदै उपकप्तान दिपेन्द्रसिहं ऐरी १०, करन केसीले आठ, सोमपाल कामी आठ, विनोद भण्डारी चार, इसान पाण्डेले दुई, सन्दीप लामिछानेले दुई र अविनाश बोहराले दुई रन बनाए । 

सन्दीप जोराले खाता नै खोल्न सकेनन् । नेपाली इनिङ कमजोर बनाउने क्रममा ओमानका अमिर खलिमले पाँच विकेट लिए ।