ऐतिहासिक जित निकाल्न चुक्यो नेपाल, आयरल्यान्डसँग १३ रनले पराजित

ऐतिहासिक जित निकाल्न चुक्यो नेपाल, आयरल्यान्डसँग १३ रनले पराजित

पाँच देशको सहभागिता ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरीजमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ । जवाफमा नेपालले १९ ओभर पाँच बलमा एक सय ३२ रनमा अलआउट भयाे ।

मध्यम सुरुवात गरेको नेपालको मध्य क्रमको ब्याटिङलाइन ध्वस्त भयो । एक सय रन बनाउँदा मात्र तीन विकेट गुमाएको नेपालले एक सय १६ रन पुर्‍याउँदा आठ विकेट खेर फालेको थियो ।

पहिलो विकेटका लागि कप्तान पारस खड्का र इशान पाण्डे विच २५ रनको साझेदारी भएको थियो । तर कप्तान पारस २५ रनमा पेभेलियन फर्किए । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।

सपछि इसान पाण्डे र आरिफ शेखबीच दोस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो । तर इशान २२ रनमा आउट भएपछि नेपालले ७३ रनमा दोस्रो विकेट गुमायो । नेपालको स्कोर एक सय रन हुँदा उपकप्तान दिपेन्द्रसिंह ऐरी आउट हुन पुगे । जसका कारण नेपालले तेस्रो विकेट खेर फाल्यो । उनले २० बलमा १९ रन बनाए ।

त्यसपछि नेपालले लगातार २ विकेट गुमायो । विनोद भण्डारी मात्र एक रनमा आउट भएभने आरिफ शेख २६ रनमा विकेट किपरको हातबाट क्याच आउट भए । जसका कराण नेपालले एक सय एक रनमा पाँच विकेट खेर फाल्यो ।

नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । एक सय ११ रन हुँदा सोमपाल कामी ६ रनमा पेभेलियन फर्किए । लगत्तै सन्दीप जोरा र सन्दीप लामिछाने सस्तैमा आउट भएपछि नेपालले आठौं विकेट खेर फाल्यो । जोरा २ रनमा आउट भए भने लामिछाने मात्र एक रनमा पेभेलियन फर्किए ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि २५ रन चाहिएको थियो । जसमा करणले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरेका थिए । तर तेस्रो बलमा उनी बाउन्ड्रिमा क्याचआउट हुन पुगे । उनले १६ रन प्रहार गरे । जसका कारण नेपाल पराजित हुन पुग्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रन बनायो । नेपालले आयरल्याण्डको स्कोर सात रन हुँदा पहिलो सफलता हात पार्‍यो । नेपालका लागि सन्दिप लामिछानेले विकेट लिन सफल भए । उनले ओपनर केभिन ओब्राइनलाई मात्र पाँच रनमा आउट गरे । जसका कारण आयरल्याण्डले सात रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि दोस्रो विकेटका लागि पउल र एन्डी बाल्करीन विच ८८ रनको साझेदारी भएको थियो । तर एन्डीलाई ललित राजवंशीले ३८ रनमा पेभेलियन फर्काए । त्यसपछि क्रिजमा आएका जर्ज डोकरेललाई दिपेन्द्रसिंह ऐरीले खाता खोल्न नपाउँदै आउट गरेपछि नेपालले ९६ रनमा तेस्रो विकेट लिन सफल भयो ।

आयरल्याण्डको स्कोर एक सय १२ रन हुँदा नेपालले चौथो विकेट लियो । अभिनाश बोहोराले विल्सनलाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।

त्यसको लगत्तै करण केसीले नेपालका लागि चौथो पाँचौ सफलता दिलाए । उनले मार्क अडायरलाई खाता खोल्न नदिदै आउट गरे । यो बेला आयरल्याण्डको स्कोर एक सय १३ रन थियो ।

आयरल्याण्डका पुछार तिरका खेलाडीलाई एकपछि अर्को रुपम आउट गरेको नेपालले एक सय २२ रन हुँदा सातौं विकेट लिन सपल भयो । नेपालका लागि सन्दीप लामिछानेले गारेथ डेलानेलाई चार रनमा आउट गरे । 

त्यसको लगत्तै अभिनाश बोहोराले पनि सिमी सिंहलाई पाँच रनमा पेभेलियन फर्काए जसका कारण आयरल्याण्डले एक सय २४ रनमा आठौं विकेट खेर फाल्यो । अन्तिममा स्टुवार्ट थमसनले अविजित रन बनाए ।