आज उपत्यकासहित देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

धनगढी खबर    

आज उपत्यकासहित देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

आज (बुधबार) दिउँसो काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाका मौसमविद् समिर श्रेष्ठले आग्रह गर्नुभयोे ।

पश्चिम बंगालको आसपास रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्वी र मध्य भूभाग तथा पश्चिमी वायुको प्रभावका कारण पश्चिम क्षेत्रमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको हो ।

यस्तै आज राति पनि मध्य र पूर्वका थोरै ठाउँ र पश्चिम पहाडका एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । 



बुधबार २२, असोज २०७६ ०१:३५ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस