आयरल्याण्डले दियो नेपाललाई एक सय ४६ रनको लक्ष्य

आयरल्याण्डले दियो नेपाललाई एक सय ४६ रनको लक्ष्य

पाँच देशको सहभागिता रहेको ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरीजमा नेपालले आयरल्याण्डबाट एक सय ४६ रनको लक्ष्य पाएको छ ।

ओमान क्रिकेट संघको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रन बनायो । नेपालले आयरल्याण्डको स्कोर सात रन हुँदा पहिलो सफलता हात पार्‍यो । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिन सफल भए । उनले ओपनर केभिन ओब्राइनलाई मात्र पाँच रनमा आउट गरे । जसका कारण आयरल्याण्डले सात रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि दोस्रो विकेटका लागि पउल र एन्डी बाल्करीनबीच ८८ रनको साझेदारी भएको थियो । तर एन्डीलाई ललित राजवंशीले ३८ रनमा पेभेलियन फर्काए ।

त्यसपछि क्रिजमा आएका जर्ज डोकरेललाई दिपेन्द्रसिंह ऐरीले खाता खोल्न नपाउँदै आउट गरेपछि नेपालले ९६ रनमा तेस्रो विकेट लिन सफल भयो । आयरल्याण्डको स्कोर एक सय १२ रन हुँदा नेपालले चौथो विकेट लियो । अभिनाश बोहोराले विल्सनलाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।

त्यसको लगत्तै करण केसीले नेपालका लागि चौथो पाँचौ सफलता दिलाए । उनले मार्क अडायरलाई खाता खोल्न नदिँदै आउट गरे । सो बेला आयरल्याण्डको स्कोर एक सय १३ रन थियो ।

आयरल्याण्डका पुछार तिरका खेलाडीलाई एकपछि अर्को रुपम आउट गरेको नेपालले एक सय २२ रन हुँदा सातौं विकेट लिन सपल भयो । नेपालका लागि सन्दीप लामिछानेले गारेथ डेलानेलाई चार रनमा आउट गरे ।

त्यसको लगत्तै अभिनाश बोहोराले पनि सिमी सिंहलाई पाँच रनमा पेभेलियन फर्काए जसका कारण आयरल्याण्डले एक सय २४ रनमा आठौं विकेट खेर फाल्यो । अन्तिममा स्टुवार्ट थमसनले अविजित रन बनाए । बलिङमा नेपालका अभिनाश बाेहाेरा र सन्दीप लामिछानेले २-२ विकेट लिए ।