डडेल्धुरामा चरेससहित दुईजना पक्राउ

धनगढी खबर    

डडेल्धुरामा चरेससहित दुईजना पक्राउ

डडेल्धुरा : डडेल्धुरामा लागुऔषध चरेससहित दुई जना प्रकाऊ परेका छन् ।  प्रकाउ पर्नेमा अमरगढी नगरपालिका–७ भाटगाउँका २६ वर्षीय शेरबहादुर भण्डारी र अमरगढी –६ भालुमारेका ३८ वर्षीय वीरबहादुर बोहरा रहेका छन् ।

लागुऔषध नियन्त्रण अभियान र  दशैं तिहार सुरक्षा योजनाअनुरुप परिचालित प्रहरीद्वारा विशेष सुराकिको आधारमा शनिबार प्रहरीले लागुऔषध चरेससहित दुवैजनालाई प्रकाऊ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दशरथचन्द्र राजमार्गस्थित अमरगढी–७  खोस्रेखानमा सवारीसाधन चेक जाँच गर्ने क्रममा भण्डारीले चलाइराखेको बैतडीबाट डडेल्धुरा आउँदै गरेका से ३ प ४५३१ नम्बरको  मोटरसाइकल  चेकजाँच गर्दा भण्डारीको  झोलाबाट ७०० ग्राम चरेस फेला परेको डडेल्धुराका प्रहरी नायव निरिक्षक दधिराम न्यौपानेले जानकारी दिए। 

यस्तै अमरगढी–६ भालुमारेका बिर बहादुर बोहराको घरबाट दुई किलो चरेस फेला परेको प्रहरी नायव निरिक्षक न्यौपानेले जानकारी दिए । लागुऔषध चरेश  बरामद गरी  दुवै जनालाई प्रकाऊ गरी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको उनले बताए।
 



सोमबार २०, असोज २०७६ ०१:३५ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस