टी-ट्वेन्टी श्रृंखलामा नेपाल हङकङ्‍सँग भिड्दै

धनगढी खबर    

टी-ट्वेन्टी श्रृंखलामा नेपाल हङकङ्‍सँग भिड्दै

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वेन्टी क्रिकेट श्रृंखलामामा नेपालले आज पहिलो खेल हङ्‍कङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । पहिलो खेल जितेर नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा छ ।

उद्घाटन खेलमा आयोजक ओमानसँग पराजित भएको सिंगापुर पनि प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्याण्ड्स र आयरल्याण्ड सहभागी छन् । सबै टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष स्थानमा रहने टिमलाई बिजेता घोषित गरिनेछ ।

नेपालबाहेक चारवटै टिम युएइमा हुने टि ट्वेन्टी विश्वकपको ग्लोबल छनौटको तयारीमा छन् । टि ट्वेन्टी विश्वकप खेल्ने संभावना सकिइसकेको नेपालले भने यस प्रतियोगितालाई आगामी सागको तयारीका रुपमा लिएको छ । सिंगापुरमा जिम्बावे सम्मिलित टि ट्वेन्टी श्रृंखला खेलेर नेपाली टोली दोस्रो टि ट्वेन्टी श्रृंखला खेल्न ओमान पुगेको हो । 
 



आइतबार १९, असोज २०७६ ०१:१७ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस