जिम्बावेले जित्यो टी-२० सिरिज, नेपाल दोस्रो स्थानमा

जिम्बावेले जित्यो टी-२० सिरिज, नेपाल दोस्रो स्थानमा

नेपाल, सिंगापुर र जिम्बावे सम्मिलित त्रिकोणीय टी–२० अन्तर्राष्ट्रिय सिरिज जिम्बावेले जितेको छ।जिम्बावेले शुक्रबार भएको अन्तिम खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सिरिज जितेको हो। 

नेपाललाई २ खेल र सिंगापुरलाई १ खेलमा हराएको जिम्बावे ६ अंक सहित शीर्ष स्थानमा रह्यो।जिम्बावेविरुद्धका दुवै खेलमा पराजित नेपालले सिंगापुरलाई पहिलो खेलमा हराएको थियो। दोस्रो खेलमा भने वर्षाले रद्द भएको थियो। 

नेपाल ३ अंकसहित दोस्रो हुँदा ३ अंक नै जोडेको सिंगापुर तेस्रो भयो। सिरिज खेलेपछि नेपाली टिम ओमान पुगिसकेको छ। 

सिरिजका आफ्ना खेल सकिएपछि नेपाली टिम बिहीबार सिंगापुरबाटै श्रीलंकन एयरल्यान्ससबाट ओमान गएको थियो।

ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।