दशैंको अवसरमा सांगितिक कार्यक्रम हुने

धनगढी खबर    

दशैंको अवसरमा सांगितिक कार्यक्रम हुने

धनगढी ।  हिन्दुहरुको महना चाड दशैंको अवसरमा धनगढीमा सागितिक कार्यक्रम हुने भएको छ । असोज १६ गते धनगढीको ओम प्यालेसमा सागितिक कार्यक्रम हुन लागेको हो ।

अक्टेम म्युजिक सेन्टरको आयोजनामा स्थानीय कलाकारहरुलाई प्रोत्सहान गर्नका लागि कार्यक्रम गर्न लागेको आयोजक मध्येका एक जना राजु चौधरीले बताए ।सागितिक कार्यक्रममा कलम रेग्मी नौलो व्याण्ड लिटिल आवाज लगायतका स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।

यसक्षेत्रमा आयोजना हुने कार्यक्रममा यसक्षृृेत्रका कलाकाले मञ्च नपाउने र देश दौडाहा भनिएका कार्यक्रम पनि यहाँ नपुग्ने भएकोले दशैंको अवसरमा सागितिक कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी भई दिन आयोजकले सवै नगरवासीहरुलाई आग्रह समेत गरेको छ । 



बिहिबार १६, असोज २०७६ ११:४२ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस