६ करोडको लगानीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक अक्सिजन ग्यास उद्योग सञ्चालन

६ करोडको लगानीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक अक्सिजन ग्यास उद्योग सञ्चालन

धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलोपटक अक्सिजन ग्यास उद्योग सञ्चालनमा आएको छ । दैनिक २ सय सिलिण्डर अक्सिजन ग्यास उत्पादन गर्न सक्ने क्षमताको मालिका अक्सिजन ग्यास उद्योग बसधबारदेखि सञ्चालनमा आएको हो ।

उद्योगको बुधबार धनगढी–२ पुरानो भन्सार रोडमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै नगर प्रमुखवडले सुदूरपश्चिम प्रदेशका अस्पतालहरुले अक्सिजनखोज्न टाढा टाढा सम्म जानुपर्ने बाध्यताको अन्त्य हुने गरी उद्योग स्थापना गरेकोमा उद्योग सञ्चालकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले अक्सिजन उद्योगको स्थापनाले सुदूरपश्चिम प्रदेशमा अक्सिजनको आपुर्ति सहज हुने विश्वास ब्यक्त गर्नुभयो । झण्डै ६ करोड रुपैयाको लगातमा उद्योग स्थापना गरिएको हो ।

विजुलीका खम्बा, ट्रस्ट भवन र झोलुङ्गे पुल निर्मार्ण सामग्री लगायत उत्पादन गर्ने मालिका इन्जिनियरिङ कम्पनी समेत रहेको र ती सामग्री बनाउन आवश्यक पर्ने अक्सिजन ग्यास लिन आफुले धेरै ठाउँ जानु परेकोले आफ्नो जस्तै पीडा अन्य उद्योग र अस्पतालहरुलाई पनि हुन सक्ने ठानेर आफुले उद्योग स्थापना गरेको मालिका ग्रुपका प्रवन्ध निर्देशक हिक्मत शाहले बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेशका बिभिन्न सरकारी र निजी अस्पताल तथा अक्सिजन आवश्यक पर्ने उद्योगहरुलाई लक्षित गरेर आफुले उद्योग स्थापना गरेको बताउनुभयो ।