धनी र गरिव बिचको चाडपर्व !

धनी र गरिव बिचको चाडपर्व !

नेपाल बहुजाती ,बहु साँकृतिक र बहु धार्मिक राष्ट्र हो । त्यसैले यहाँ विभिन्न जात ,धर्म ,भाषा र समुदायको मान्छेहरू बसोबास गर्दछन । यिनै विभिन्न समुदाय हरुले आफ्नो रितिरिवाज अनुसार चाडपर्व पनि मनाउने गर्दछन । तर विडम्बना समाजमा रहेकोे धनी र गरिव बिचको वर्ग व्यवस्थाले चाडपर्व मनाउने शैली भने फरक देखिन्छ ।

१) धनी वर्ग --- नेपाली समाजको शासक भनेकै धनी वर्ग हो ,जसको निर्देशन र नेतृत्व मा समाजलाई चलाएको पनि देखिन्छ । यो समुदायले मनाउने चाडपर्व गरिवले मनाउने चाडपर्व भन्दा तडकभडक नै हुन्छ । धनिहरुलाइ मिठो मसिनो खान चाडपर्व नै पर्खिनुपर्दैन ।

उनीहरुको घरमा मिठो मसिनो प्रायः जसो दैनिक नै पाकिरहन्छ । त्यसैगरी लगाउने कपडाहरुमा पनि उनिहरुले चाडपर्व नै कुर्नुपर्दैन , किनभने उनिहरुले कम्तीमा हप्तामा सपिङ गर्नुपर्छ ।। त्यसकारण धनी वर्ग ले चाडपर्व लाई सामान्य रूपमा नै लिन्छन् । 

२) गरिब वर्ग --- गरिव समाजको एक खाडल हो ,जुन खाडलमा पर्यो भने त्यस बाट बाहिर निस्किन बहुत संघर्ष गर्नुपर्ने हुन्छ । विभिन्न समयमा आउने चाडपर्वहरु गरिबलाई मनाउन हौम्मे नै हुन्छ । गरिवहरु सामान्य दाल ,भात खान पनि वर्षको एक चोटी आउने चाडपर्व पर्खिन्छन ।

उनिहरुले मिठो मसिनो खान तथा सन्तुलित आहारा खान धनी वर्ग सङ्ग रिण पनि लिने गर्दछन , त्यही धनी वर्ग सङ्गको देखासिकी ले गरिव समुदाय झनै गरिवी तिर धकेलिन्छन ,किनभने उनिहरु सङ्ग आयस्रोत केहि हुदैन ।

त्यसकारण आफ्नो क्षमता ,दक्षता अनुसारको चाडपर्व मनाउनुपर्छ , देखासिकी एउटा द्वन्द भएकाले यो मन बाट हटाउन आवश्यक छ । ----नेपाली हौ । ----नेपाली रहौ ।। ----चाडपर्वहरु सङ्गै मनाऔ ।। ----भाइचाराको सम्बन्ध कायम राखौ ।। ----सबैलाइ दशै ,तिहार र छटको मङ्गलमय शुभकामना ।