नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागी कारागार चलान

नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागी कारागार चलान

धनगढी । नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागी कारागार चलान गरिएको छ । 

पक्राउ परेका मध्येका १ जना १ लाख धरौटी बुझाई तारेखमा छुटेको प्रहरीले जनाएको छ । साउन १७ गते धनगढी उपमहानगरपालीका वडा नम्बर १ नैनादेवी टोल स्थित खगेन्द्र बहादुर रजवारको डेराबाट भारतीय तथा नेपाली नोट र नोट बनाउन प्रयोग हुने मेसिन लगायतका घटनामा संलग्न चुरे गाउँपालिका वडा नम्बर १ का भोज बहादुर बम, दार्चुलाको रानिशिखर ४ घर भई धनगढी उप महानगरपालिका ३ बस्ने पल्लव राज भट्ट, र महोत्तरीको बर्दिवाद न. पा ६ का गोकुल बहादुर खड्का लाई प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ परेका ४ जना मध्ये धनगढी उप महानगरपालिका ३ बस्ने पल्लव राज भट्टलाई तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो । पक्राउ परेका विरुद्ध प्रहरीले खोटा चलन शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो ।

अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिल कार्यालय, कैलाली मार्फत जिल्ला अदालत पेस गरिएकोमा असोज १० गते अदालतबाट थुनछेक आदेश भई कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनु भएको छ । यसैबिच नक्कली प्रहरी बनेर अपहरणपछि करणी गर्न खोज्ने तीन जना पनि कारागार चलान भएका छन् ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय अनिल राना, २२ वर्षीय संञ्जित राना र २९ वर्षीय लोकेन्द्र खडायतालाई कारागार चलान गरिएको हो ।

उनीहरूले भदौ २१ गते राती धनगढी वडा नम्बर ७ की एक किशोरीलाई आफूहरू प्रहरी भएको बताउँदै अपहरण गरी जवरजस्तीकरणी गर्न खोजेका थिए ।