लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

धनगढी । प्रहरीले प्रतिबन्धित लागु औषध खैरोहिरोइन सहित एक जनालाई पक्राउ गरेको छ । 

धनगढी उप महानगरपालिका वडा नम्बर – १३ का सत्तु रानालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ । 

रानालाई पक्राउ गर्ने क्रममा सादा पोसाकमा खटिएको टोलीमाथि आक्रमणको प्रयास गरे पनि प्रहरी उनलाई पक्राउ गर्न सफल भएको हो । एक जना भने भाग्न सफल भएको जनाइएको छ । 

मान्छे पक्राउ परे पनि खैरो हिरोइनको परिमाण एकिन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।