धनगढी । प्रहरीले कृषि विकास बैङ्कको रकम चोरी प्रकरणमा संलग्न थप ३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार कञ्चनपुरबाट यज्ञराज भट्ट, पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौंबाट गणेशप्रसाद बस्याललार्य पक्राउ गरिएको हो ।
न्यौपाने र बस्याललाई पर्वतबाट २४ लाख रकमसहित र भट्टलाई महेन्द्रनगरबाट ४५ लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यो सँगै कृषि विकास बैकको रकम चोरी प्रकरणमा अहिलेसम्म १६ पक्राउ परेका छन् । यो प्रकरणमा पक्राउ पर्नेको संख्या अझै बढ्न सक्ने एसएसपी थापाले बताउनुभयो ।
यसअघि हिजोमात्रै स्याङ्जाको वालिङबाट एकजना पक्राउ परेका थिए । पक्राउ पर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल हुन् ।
यसअघि महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने नेपाली एजेण्ट गरी १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।