बैतडीको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा गाउँवासी हर्षित

बैतडीको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा गाउँवासी हर्षित

बैतडी : बैतडी जिल्लाको दुर्गम तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकाको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान हुँदै छेला–बारु–पिपलकोट सडक निर्माणको काम सम्पन्न भएपछि पिपलकोटमा पहिलोपटक गाडी पुगेको हो ।

पहिलोपटक गाडी पुग्दा निकै खुशी लागेको स्थानीय ६० वर्षीय वृद्ध कर्ण्सिंह साउदले बताउनुभयो । सडक बन्ला भन्ने सपना पनि थिएन, गाडीसमेत गुडेको देख्दा खुशी लागेको उहाँको भनाइ थियो । सडक उद्घाटनपश्चात् पिपलकोटमा पहिलोपटक म १ ज २७२ नंको जिप पुगेपछि ।

स्थानीय बासिन्दाले उक्त जिपका चालक वीरेन्द्र महतालाई सम्मान गरेका थिए । उक्त गाउँपालिकाको वडा नं ४ मा सडक सञ्जाल विस्तार भएसँगै सहजरूपमा आहोरदोहोर गर्न पाइने भएको छ । यसका साथै खाद्यान्न र दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सजिलो हुने पिपलकोटका व्यापारी दीपेन्द्र साउदले बताए ।