प्रतिभाले फुल्ने मौका पाएनन् : आशा गरिएका खेलाडी पलायन

प्रतिभाले फुल्ने मौका पाएनन् : आशा गरिएका खेलाडी पलायन

हालै बेल्डाडी गाउँ पालिको टोलि काठमाडौ गएको रहेछ। त्यस क्षेत्रको समग्र बिकासको लागि केन्द्रलाइ ध्यानाकर्षण गराउन उक्त टोलि काठमाडौं गएको हुन सक्छ। बाहिर आए अनुसार जुन एजेन्डाले उनिहरु काठमाडौ गए,त्यो सर्हानिय छ। कति उपलब्धिपुर्ण यात्रा भयो?,

त्यो छुट्टै अध्यायनको बिषय होला तर त्यसमा पनि बाहिर सुन्नमा आए अनुसार बेल्डाडिमा रंगशाला बनाउने आश्वासन पाएको छ,त्यति मात्र होइन यहि कार्तिक देखि काम सुरु नै गरिहाल्ने भन्ने युबा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर बिस्वकर्माको कुराले भने झनै मनमा नयाँपनको आभास भएको छ,मन प्रफुल्लीत भएको छ।

त्यहाका युबा तथा खेलाडिहरुको बर्षौ देखिको सपना हो,कंचनपुरको दक्षिणी बेल्टमा कम्तिमा पनि रास्टृय स्तरको रंगशाला बनाउने र खेल्ने।त्यसै क्षेत्र तिरका अरु ठाउहरुमा पनि रंगशाला,खेल मैदानका कुरा अहिले मात्रै होइन पुर्व संसदका पाला देखि नै आश्वासन र चर्चाका बिषय बन्ने गरेका छन।

खेलकुद,खेल मैदान,रंगशाला र अन्य बिकासका विषयको चर्चा र त्यसको उपलब्धिका हिसाबले,यो आश्वासन पनि बोलिमै सिमित हुनेमा ढुक्क जस्तै छु। तर पनि यो चर्चाका माझमा केही लेख्न मन लागिहाल्यो।खेलकुदकै वरिपरि रहेर यो लेख तयार गर्ने कोसिस गर्दै छु।

खेलकुदमा पनि त्यस क्षेत्रको लगाव र इतिहास मुलतः कृकेट संग जोडिएको छ।लामो समय भयो त्यस क्षेत्रमा कृकेट खेल्न थालिकोएको र प्रतियोगिता हुन लागेको।त्यसैले आज कृकेटको वरिपरि रहेर समग्र खेलकुदका बारेमा कुराकानी गर्न चाहान्छु।

बिगतमा फर्किदा: कृकेट पृष्ठभुमि! मलाई अझै पनि हिजो अस्ति जस्तै लाग्छ,स्कुलका र बाझो जमिनका स- साना मैदानहरुमा रुखका हांगा भाचेर बिकेट र ब्याट बनाएको अनि मोजा भित्र विभिन्न बस्तु कोचेर बल बनाएर खेलेको!समय गज्जबको थियो,5-6 जना भए पनि 2-3 जनाको टोलि बनाएर कृकेट खेल्थ्यौ।

साच्चै अहिले सम्झिदा हासो लाग्छ,आफ्नो त्यही बछपना सम्झेर।हामी भन्दा अघिल्लो पुस्ताको इतिहास पनि लगभग यस्तै छ।कृकेट सुरुवात लगभग यहि पृष्ठभुमि र यहि वातावरणमा भएको हो। मेरो घर नजिकै माबी तह सम्म पढाइ हुने बिद्यालय छ,बिद्यालयको मैदान पनि राम्रै खाले छ।

त्यहा पहिले पहिले दशैं र तिहारको अवसरमा सभ्य र भब्य रुपमा कृकेट प्रतियोगिता आयोजना हुन्थ्यो।रास्टृय स्तरमा चर्चित कृकेट खेलाडिहरु बिनोद भन्डारी,चन्द्र साउद,नरेस बुढा जस्ता दिग्गज ब्याक्तित्वहरु समेतले ब्याट र बल उचालेको र हामिले आनन्द लिएको पलहरु अहिले पनि मानसपटलमा ताजै छन।

त्यहाका कृकेट प्रेमीहरुका लागि पर्व जस्तै हुन्थ्यो,त्यो प्रतियोगिता! कृकेट खेलाडीहरुका लागि आफ्नो प्रतीभा देखाउने ठुलो अवसर पनि हुन्थ्यो।दक्षिणी बेल्टकै ठूलो उत्सब भन्दा पनि फरक नपर्ने उक्त प्रतियोगिता बिस्तारै आन्तरिक किचलो र द्वन्द्रमा फस्दै गयो,बिस्तारै त्यसको लोकप्रियता कम हुँदै गयो,न भन्दै प्रतियोगिता नै बन्द भयो।

म अलिक कम उमेरकै हुनाले पनि हुन सक्छ,प्रतियोगिता बन्द हुनुको भित्री कुरा मैले ठ्याक्कै बुझ्न सकेन तर अहिले बुझ्दै जादा प्रतियोगिता आयोजना गर्ने क्लबको आन्तरिक विवाद र आर्थिक कारण नै हो जस्तो लाग्छ। लगभग 4-5 बर्ष जति त्यस क्षेत्रमा ठुलो कृकेट प्रतियोगिता नै आयोजना भएन।त्यति मात्रै होइन उक्त प्रतियोगिता बन्द भएको 2-3 बर्ष त कृकेट खेल्न नै बन्द प्रायः भयो।

त्यति बेलाको बैबहा,झिलमिला,बेल्डाडी( हालको बेल्डाडी गापा) तिर खेलाडी राम्रा थिए तर खासै प्रतियोगिता आयोजना भएको मलाइ स्मरण छैन।तत्कालीन रामपुर बिलासलुर गाबिस( हालको बेलौरी) को कल्कत्ता,पचुइमा पनि राम्रै प्रतियोगिता हुन्थ्यो,त्यो पनि त्यही समय तिर देखि बन्द भयो। त्यति बेलाको बेलौरी(हालको बेलौरी न पा को केन्द्र) मा मंच (प्रायः सार्वजनिक कार्य र खेलकुदका प्रयोग हुने मैदान जस्तै) थियो,त्यहा पनि नियमित रुपमा ठुलो कृकेट प्रतियोगिता आयोजना भएको खासै स्मरणमा छैन।

यी आधारमा भन्दा कंचनपुरकै दक्षिणी बेल्टमा लामो समयसम्म,नियमित रुपमा रास्टृय खेलाडी समेत आउने र ठूलो कृकेट प्रतियोगिता बेलौरिको 10 नम्बर वार्डमा हुने प्रतियोगिता नै थियो भन्दा फरक नपर्ला।  कृकेट गतिविधि बन्द हुनुका कारण यसरी कृकेटमा सम्भावना बोकेका राम्रा खेलाडी समेत आ-आफ्नो जिवनयापनको लागि अनेक तिर पलायन भए,सबै तिर प्रतियोगिता बन्द हुँदै गए।

त्यसको प्रमुख दुइ मात्र कारण देख्छु म।पहिलो: सरकारी पक्षको खेदजनक र लज्जास्पद उपस्थिति। खेल मैदान र बाजेटको अभाव,जसले गर्दा स्थानीय स्तर र क्लब स्तर बाट हुने प्रयासहरु पनि निरन्तर रहन सकेनन। त्यति बेला स्थानीय स्तर र क्लब स्तर बाट हुने प्रतियोगितालाई सरकारले ब्यवसायिक गरिदिएको भए,नियमित बेजेटको ब्यवस्थापन गरिदिएको भए र ती प्रतियोगिताहरुमा अभिभावकत्व ग्रहण गरि दिएको भए,मलाइ लाग्छ त्यहि ठाँउ बाट पनि कंयौ बिनोदहरु,पारसहरु र सोमपालहरु जन्मिने थिए तर दुर्भाग्य नै भन्नुपर्छ कृकेटको नाममा राजनीति गर्नेहरु सबै मौन बसिदिए।

कृकेटको नाममा भासण गर्नेहरुको आखामा त्यहाको कृकेट परेन वा कसैलाई बिश्वास नै भएन भन्दा फरक नपर्ला । स्थानीय स्तर बाट हुने कृकेट बन्द हुनुको पछाडी अर्को कारण पनि लुकेको छ।त्यो हो,कृकेट आयोजना गर्ने क्लबहरुको आन्तरिक द्वन्द,खिचातानी र आर्थिक पार्दर्शिताको अभाव।दुई चार पैसा सहयोग गर्ने दाताहरुलाइ बिश्वासमा लिन नसक्नु।

यसरी कारण जे भए पनि परिणाम चाइ दुर्भाग्यपूर्ण भयो।प्रसस्त सम्भावना हुदाहुदै पनि प्रतिभाले फुल्न र फकृन पाएन।कोहि ओइलाए,अस्ताए र पलायन भए। फेरि कसरी बढ्यो कृकेटको क्रेज? त्यस ठाउँमा कृकेट बन्द हुदा म 4-5 कक्षामा पढ्थे होला।भर्खर ब्याट र बल समात्न सिकेको मैले थप अभ्यास गर्न वातावरण नै भएन।अग्रज पुस्ता गाउँ बाट बाहिर निस्किसकेको थियो।

सिकाउनुपर्ने पुस्ता त हामी संग थिएन नै,त्यस माथि गाउका अगुवाहरुले पनि भर्खर ब्याट र बल समात्न लागेको बालकलाई प्रोत्साहन समेत गरेनन। समग्रमा भन्नुपर्दा सबैले वास्ता गर्न छोडे।कृकेटको "भुत" चढेको हाम्रो बाल मस्तिष्कलाइ अरुले प्रोत्साहन नगरेको वा उचित वातावर्न छोडे।

कृकेटको "भुत" चढेको हाम्रो बाल मस्तिष्कलाइ अरुले प्रोत्साहन नगरेको वा उचित वातावरण नपाएको भन्ने कुराले खासै अर्थ राख्दैनथ्यो र राखेन पनि! कृकेट संग आफ्नो र देशको भबिस्य जोड्नुपर्छ भन्ने अग्यानताका बाबजुद पनि हामी घरकै काठलाइ "बासुलो" ले ताछेर ब्याट बनाउथ्यौ,रुखका स- साना हांगाबिंगा भाचेर बिकेट बनाउथ्यौ र कहिलेकाही 5-10 रुपैयाँ उठाएर बल पनि किन्थ्यौ।

पहिले कृकेट खेल्ने बिद्यालयको मैदानमा बर्खामा प्रसस्त घाँस उम्रने हुनाले त्यो घासलाइ ठेकापट्टामा बेच्ने गरिन्थ्यो,जसले गर्दा हामी "बच्चाहरूलाई" स्कुल प्रसासन र घाँस ठेक्कामा लिने,दुबै पक्षले खेल्न दिदैन थे।हामी बाझो जमिन,बाटो वा यस्तै ठाउँमा आफ्नो खेल मैदान बनाएर 5-6 जना मात्रै भए पनि 2-3 जनाको समूह बनाएर खेल्थ्यौ।यसरी हामीले 3-4 बर्ष जति खेल्यौ।

बिस्तारै पहिलेको जस्तै गरि ठुलो प्रतियोगिता गर्नुपर्छ भन्ने अलि अलि स्वर उठ्न थाल्यो,हाम्रो बाल समुहमा। म कक्षा 8 मा पढ्थे,अरु साथीहरू पनि लगभग यहि उमेर समुहका थिए।त्यति बेला हामीले दसैं-तिहारको अवसरमा प्रथम हुने टिमलाई 3000 पुरुस्कार दिनेगरी कृकेट गर्यौ।

हाम्रो 10-11 जनाको समूहले।त्यो प्रतियोगिता सफलतापुर्बक सम्पन्न भयो।अर्को बर्ष फेरि लगातार थप दुई कृकेट प्रतियोगिता आयोजना गर्यौ,थुप्रै बाधा-ब्यावधानका बाबजुद पनि सफल हुँदै गयौ!फेरि दशै र तिहारमा सबैले रमाइलो गर्ने एक ठाउँमा बस्ने वातावरण बन्यो।त्यस पछि त्यहा फ़ेरि अर्को नयाँ युबा क्लब बन्यो, सबै उत्साहित भए।

अहिलेको क्लबमा क्लबमा प्रायः सबै बिशुद्ध युबाहरु मात्रै थिए र प्रतिनिधित्व पनि अलि बृहत थियो।उक्त क्लबले पनि पछिल्लो तीन बर्ष सम्म लगातार ठुलो धनराशिको कृकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।पुराना र नयाँ सबै खेलाडीहरुले एकै टिम र एकै मन्चमा बसेर अभ्यास गर्ने र खेल्ने मौका पाएका छन।वरिपरि धेरै गाउँ ( माथी उल्लेखित) का खेलाडी पनि आउछन।

रमाइलो पनि त्यत्तिकै छ,बर्ष दिन साथ छोडेका साथीहरूको जमघट पनि हुने गरेको छ। फेरि दुर्भाग्य भन्नुपर्छ यो दशै-तिहारमा उक्त खेल हुने, नहुने टुंगो छैन।भयो भने त ठिकै छ,भएन भने फेरि हामी हाम्रो कृकेटलाइ पछाडि धकेल्दै छौ! बिस्तारै फेरि कृकेट गतिविधि बन्द हुने चिन्ता पनि छ।

कृकेट प्रतिभा कस्ता छन त? कंचनपुरको दक्षिणी क्षेत्रमा कृकेट प्रतिभा कस्ता छन भनेर बुझ्न,त्यहा पहिले- पहिलेका कृकेट प्रतियोगितामा कस्ता खेलाडी र कुन स्तरका खेलाडी आउथे भनेर हेरे पुग्छ।बिनोद भन्डारी,चन्द्र साउद,नरेश बुढा ऐर जस्ता खेलाडी आउने र तिनिहरु संग प्रतिस्पर्धा गर्ने खेलाडी कस्ता होलान? कल्पना गरे पुग्छ।

सिमावर्ती भारतका अब्बल खेलाडी समेत आएर हारको स्वाद चखाउथे हाम्रा,बेलौरी-बेल्डाडिका खेलाडीहरु।अझै भन्नुपर्दा सुदुर-पश्चिम् मै चर्चित कृकेटर पदम के सि समेत बेलौरी,त्यस माथी पनि बेलौरी-10 भुडा बाट नै प्रतिनिधित्व गर्नुहुन्छ।थुप्रै खेलाडीहरु क्षेत्रीयस्तरका खेल सम्म पुगे,आफ्नो निजि मिहेनतमा त्यति सम्म पुग्नु चानचुने कुरा हुँदै-होइन।

त्यसमा अलिकति पनि राज्यले दायित्व लिएको भए अहिले थुप्रै खेलाडी अन्तरास्ट्रिय मैदानमा हुन्थे भन्नेमा म ढुक्क छु।पछिल्लो पुस्ता अर्थात मेरो पुस्ताका समेत धेरै प्रतिभाहरु ठूलो सम्भावना बोकेका थिए।तर कसैले ध्यान नै दिन सकेन।

आशा गरौ,कृकेटको लागि बोल्न नथाक्ने तर दुर-दराजका कुना कन्धरामा जान "अल्छी" मान्नेहरु र आफुलाइ कृकेटको "हिरो" ठान्नेहरु, छिट्टै त्यहा पुग्नेछन,अनि हाम्रा प्रतिभाहरुले पनि फुल्ने,फकृने, फैलिने र आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाउनेछन।यसले कृकेटका साच्चैका प्रतिभाको कदर पनि होस र होला भन्ने आश छ।

नयाँ रणनीति के बनाउने? त्यहाको कृकेटको बारेमा यति पढीसके पछि र बुझिसके पछि,पक्कै पनि धेरैलाई लाग्छ अब नयाँ योजनाका साथ अगाडि बढ्नुपर्छ।जुन स्वभाबिक पनि हो।अहिले बेल्डाडिमा र बेलौरिमा रंगशाला बनाउने चर्चा छ। बेलौरिमा त झन पहिले देखि नै मंच छ। पुनर्वासको आइ.बि.आर.डी. मा अन्तर्राष्ट्रिय स्तरको कृकेट मैदान बनाउन मिल्ने जग्गा बाझो छ।

बर्षौ देखि बिनाउपयोग "सडिरहेको" छ,उक्त जग्गा,त्यसै ठाउँ बाट प्रतिनिधित्व गर्ने माननीय संसद बिना मगर केन्द्रमा खानेपानी मन्त्री बन्नुभएको छ। प्रदेश सभामा पनि शक्तिशाली संसद तारा लामा तामाङ र अर्का प्रदेश संसद,प्रत्यक्ष निर्वाचित गरेर हामिले पठाएका छौ।

कंचनपुर क्षेत्र न.-1 मा चार वटा स्थानीय तह छन।हामीले सबैभन्दा पहिले हाम्रो यी जनप्रतिनिधिहरुलाइ घच्घच्याउनु जरुरी छ।उपलब्धि नदेखिने र बर्खाको खहरे संगै बग्ने बिकास गर्नुभन्दा कृकेट र समग्र खेल क्षेत्रको बिकासका लागि बजेट निकास गर्नु र गराउनु जरुरी छ।

स्थानीय जनता,खेलाडी,खेल प्रेमी,बुद्धिजीवी,राजनीतिक दल सबैले दरिलो गरि आवाज उठाएमा,उनिहरुले नमान्ने र नसुन्ने भन्ने कुरै छैन। यो पुन्य कार्यमा कसैले पनि कसै माथी कुनै पनि किसिमको राजनीतिक पुर्वाग्रह वा अन्य संकिर्ण सोच नराखी लाग्नु जरुरी छ। हामिलाइ राजनीतिक रुपमा एक अर्का संग समन्वय गर्न अर्को के पनि सुबिधा छ भने अहिले त्यहाका सबै स्थानीय तह,प्रदेश सभा र प्रतिनिधि सभामा नेकपा मात्रै छ।

त्यसैले यो मौका गुमाउनु भनेको हामीले कृकेट र समग्र खेल क्षेत्र बर्षौ पछाडि धकेल्नु मात्रै होइन,राम्रो सम्भावना बोकेका प्रतिभा माथिको अन्याय र घात पनि हो।त्यसैले बेल्डाडिमा होस वा बेलौरिमा होस वा पुनर्वासमा होस रंगशाला बनाउने चर्चा, चर्चामा मात्रै सिमित गर्ने र राजनीतिक फाइदा लुट्ने कु- चेस्टा नगरियोस्।प्रचारमुखी भन्दा परिणाममुखी काम होस,बरु हामी युबाहरु श्रम- दान गर्न तयार हुनेछौ।

यो त दीर्घकालीन योजना भयो।हामीले तत्काल गर्नुपर्ने काम पनि छन।अहिले जहाँ-जहाँ, जुन-जुन क्लबले खेल प्रतियोगिता वा कृकेट आयोजना गर्दै छन,उनिहरुलाइ भरपुर सहयोग गर्ने।प्रयाप्त बजेटको ब्यवस्था गर्ने,खेलाडीहरुलाइ आफ्नै देशमा आफ्नै खेल खेलेर पनि जिबिकोपार्जन गर्न सकिन्छ भन्ने बिश्वास दिलाउने।

जहाँ खेलहरु कम आयोजना हुँदै छन,त्यहाँ वार्डले समेत र वार्ड खेलकु वार्डले समेत र वार्ड खेलकुद बिकास समितिले पनि प्रेरणाको श्रोत बनिदिनुपर्यो। र अन्त्यमा! यो त एक क्षेत्रको लागि मात्रै योजना हो।यसै अनुसार हामिले रास्ट्रब्यापी रुपमा यो अभियान चलाउन सक्छौ।

यदि यस्तो गरेको खन्डमा हामी अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम छिट्टै उच्च स्थानमा देख्नेछौ।विभिन्न प्रतियोगितामा बिदेश जाने खेलाडीले उतै लुक्नेपर्ने अवस्थाको अन्त्य हुनेछ । आर्थिक रुपमा खेलाडी सबल बन्ने छन,उनिहरुलाइ यो देश र खेलकुदको लागि थप योगदान र मिहेनत गर्न उर्जा मिल्नेछ।छिट्टै नै यो "सपना" साकार होस् भन्ने शुभकामना छ।