नेतृत्वविहिन चालकको आन्दोलन, यात्रुहरुको बिचल्ली

नेतृत्वविहिन चालकको आन्दोलन, यात्रुहरुको बिचल्ली

धनगढी : तिन दिनदेखिको नेतृत्वविहिन चालकको आन्दोलनका कारण यात्रुको विच्चली भएको छ । 
नयाँ मुलुकी संहितामा चालकको लापरबाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको विरोधमा यातायात मजदुरहरू हडतालमा उत्रिएका छन् र उनीहरूले असोज १ गतेदेखि सवारी चलाएका छैनन् । 

गाडीहरू असोज १ गतेदेखि बसपार्कमा थन्क्याईएका छन् । 
तिनदिनदेखि लगातार सवारी साधन नचलाएपछि बिहीबार बिहान सुदूर पश्चिम यातायात व्यवसायी सङ्घ धनगढीले समस्या समाधानका लागि पहल गरेको थियो । 

उक्त छलफलमा चालकसँगै यातायात समिति, सघसगठनका प्रतिनिधि सहभागी थिए । छलफलमा यातायात समिति र संघसगठनका प्रतिनिधिले समस्या समाधानका लागि वार्तामा आउन आग्रह गरेका थिए । 

तर, छलफलमा आन्दोलनको जिम्मेवारी कसैले पनि लिएनन् । आन्दोलनकारीको तर्फबाट पनि कोही बोलेनन् । छलफलबाट कुनै निष्कर्ष निस्किएन । 
 

चालकलाई सिडियोले बोलाए
आन्दोलनबारे छलफल गर्नका लागि प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले चालकलाई जिल्ला प्रशासनमा बोलाएका छन् । 

उहाँले अहिले १ बजे चालकसँग छलफल समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । 
यात्रुको बिचल्ली 
तिन दिनदेखिको चालकको आन्दोलनका कारण यात्रुहरूको बिचल्ली भएको छ । उनीहरू धनगढीका होटलहरुमा बस्न बाध्य छन् । 

भारतबाट आएर गाडी नचल्दा धनगढीको होटेलमा बसिरहेका बाजुराका कर्ण जेठाराले समस्या भोग्नुपरेको गुनासो गरेका छन । 

डोटीका त्रिभुवनसिंह ठकुल्लाले समस्याको समाधान वार्ता मार्फत गर्दै यात्रुहरूलाई समस्यामा नपार्न आग्रह गरेका छन ।