नेपाल आइडल-३ : नेपालगन्ज अडिसनको रौनक

नेपाल आइडल-३ : नेपालगन्ज अडिसनको रौनक

गायन रियालिटी शो नेपाल आइडल -३ को अडिसन सोमबार नेपालगन्जमा सुरु भएको छ । अडिसनमा सहभागीको बाक्लो उपस्थिति रह्रयो । विभिन्न क्षेत्रबाट आएका युवायुवतीहरु अडिसन अघि कोही गितार बजाउँदै गीत गाउन व्यस्त देखिन्थे भने कोही गीत गुनगुनाउँदै अडिसनका लागि आफूलाई निखार्दै थिए।अडिसनमा आएका युवायुवतीका यी विभिन्न दृश्य देख्दा लाग्थ्यो नेपालगन्ज साँच्चिकै संगीतमा डुबेको छ।

एपी वान एचडी टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालिटी शोको नेपालगन्जको ब्राइटल्याण्ड कलेजमा बिहान ८ बजेदेखि अडिसन सुरु भएको हो । त्यहाँ दिनभर सहभागीको बाक्लो उपस्थिति रह्यो। यो अडिसनमा प्रदेश ५ का बाँके, बर्दिया, दाङलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका थिए ।