"टेक बहादुर चोखाल मेमोरियल कप" फुटसल प्रतियोगिता आयोजना हुने

"टेक बहादुर चोखाल मेमोरियल कप" फुटसल प्रतियोगिता आयोजना हुने

धनगढी : पुर्व मन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा निसर्ग अस्पताल टेक बहादुर चोखाल स्मृति कप हुने भएको छ । निसर्ग अस्पतालको मुख्य प्रायोजनमा फुटसल प्रतियोगिता धनगढीमा हुन लागेको हो ।

पब्लिक मिडिया नेपालको आयोजना र टेकबहादुर चोखाल फाउन्डेसनको सहकार्यमा  असोज ८ देखि ११ गतेसम्म धनगढी उपमहानगरपालिका वडाका टीमहरु सहभागी हुने फुटसल प्रतियोगिता हुने आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

धनगढी उपमहानगरपालिकाका विभिन्न वडाहरु टिम बनाएर खेलमा सहभागिता हुने र टीमका खेलाडी सम्बन्धित वडाकै हुनुपर्ने पब्लिक मिडिया नेपालका अध्यक्ष श्रवण देउवाले बताउनुभयो । उहाँले युवाहरुलाई फुटसलतिर आकर्षण वढाउनका लागि विभिन्न खेलकुद हुँदा हुँदै पनि टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । 

पत्रकार सम्मेनमा वोल्दै मुख्य प्रायोजक निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्तले फुटसलको माध्यमले स्वास्थ्यमा सुधार हुने बताउनुभयो । पत्रकार सम्मेलनमा टेकबहादुर चोखाल फाउन्डेसनका अध्यक्ष विनय चोखालले विभिन्न सामाजिक कार्य गर्दै आएकोमा फुटसल प्रतियोगितालाई पनि थप गरेको बताउनुभयो ।

उहाँले यो प्रतियोगिता हरेक बर्ष आयोजना हुने जानकारी दिनुभयो । निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ३० हजार सहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजकमा निसर्ग अस्पताल रहेको छ । 

टेकवहादुर चोख्याल नेपाली राजनितिज्ञ र नेपाली काग्रेंसका प्रभावशाली नेताको रुपमा परिचित हुनुहुन्छ । नेपाली काग्रेंसबाट २०५६ सालमा चोख्याल साविकको कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी हुनु भएको थियो । त्यसको ३ बर्षपछि शेरवहादुर देउवा प्रधानमन्त्री हुनुभएका वेला चोख्याल कानुन मन्त्री समेत बन्नु भएको थियो ।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा साविकको कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली काग्रेंसको तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार पनि रहनु भएको थियो । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री टेकवहादुर चोख्यालको २०६६ कार्तिक २७ गते काठमाण्डौंमा निधन भएको थियो । चोख्यालका एक श्रीमति दुई छोरा र एक छोरी छन् ।