शरीरलाई तन्दुरुस्त राख्न योगा

शरीरलाई तन्दुरुस्त राख्न योगा

अत्याधिक व्यस्तता, स्वस्थ खानपान र शारीरिक कसरतकोृ अभावलगायत कारणले सहरी जीवन सकसपूर्ण बन्दै गएको छ ।

सहरवासीमा स्वास्थ्यसम्बन्धि धेरै जटिलता देखिन थालेका छन् । यस्ता समस्या निम्तिन नदिन हामी आफ्नो स्वास्थ्यप्रति सचेत हुन जरुरी छ ।

रोग लाग्न नदिने र आफूलाई मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त राख्ने उत्तम उपाय हो, योगा ।

अज्ञानताबाट ज्ञानतर्फ, अचेतनाबाट चेतनातर्फ, दुर्वलताबाट सबलताातर्फ र सीमितताबाट असिमिततातर्फ आध्यात्मिक यात्रा नै योग हो । नियमित रूपमा योग साधना गर्नाले सबै नसर्ने रोगलाई नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ । योगका फाइदा यस्ता छन्ः
शारीरिक तन्दुरुस्ती
आध्यात्मिक पक्ष
पाचन प्रक्रिया सहज
स्फूर्त शरीरका लागि
युवापनको अनुभूति