साझा पार्टीले आफ्नो युवा संगठन साझा युवा संगठनको केन्द्रीय समिति घोषणा गरेको छ। आइतबार राजधानीको राष्ट्रियसभा गृहमा घोषणा सभाको आयोजना गरि संगठनले २१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको हो।
पार्टीका केन्द्रीय सदस्य अब्दुस मियाँ संयोजक रहेको संगठनले पहिलो चरणको केन्द्रीय समिति घोषणा गरेको हो।साझा युवा संगठनमा प्रिया सिग्देल सहसंयोजक, सरोज गौतम महासचिव, मनोज पहाडी संगठन विभाग प्रमुख रहेका छन्।
केन्द्रिय सदस्यमा बिगत लामो समय देखि सुदुरपश्चिम क्षेत्रबाट सामाजिक काममा लागेका रोहित चन्द चयन भएका छन । चन्द एक बर्ष देखि जागौ युवा नामक सस्था खोलेर सामाजिक काम गर्दै आएका थिए। उनले एक बर्षको अवधिमा विभिन्न सामाजिक काम गरेका थिए । उनी केन्द्रिय समितिमा सुदुरपश्चिम बाट एक मात्र सदस्य हुन।
यस्तै प्रशान्त बिक्रम सापकोटा, प्रकृति पहाडी, जितेन्द्र खतिवडा, शिवराज वेलवासे, सरोज नेपाल, , सौंजन डिसी, जिनत राई, लक्ष्मी घिमिरे, पदम बहादुर मगर, प्रेक्षा शाक्य, सुस्मिता पोखरेल, रामकुमार यादव, टंक प्रशाद जैशी, सुवास खत्री, प्रकाश आचार्य, आर्जु लोहनी र बर्षा रिसाल पनि सदस्यमा चयन भएका छन ।