डडेल्धुरा र पाटनमा संचालित आँखा शिविर सम्पन्नः १०२८ जना लाभान्वित

डडेल्धुरा र पाटनमा संचालित आँखा शिविर सम्पन्नः १०२८ जना लाभान्वित

धनगढी । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालकोे आयोजना तथा फ्रेड हलोज फाउन्डेशनको सहयोगमा संचालित आँखा शिविरहरु सम्पन्न भएका छन् । 

भाद्र २९ गते देखि आश्विन ३ गते आँखा उपचार केन्द्र डडल्धुरा र आँखा उपचार केन्द्र पाटनमा संचालित आँखा शिविरहरु सम्पन्न भएका हुन । जम्मा १०२८ जनाको आँखा परिक्षण गरिएका उक्त शिविरहरुमा २०३ जना मोतिविन्दुका विमारीहरुको निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण द्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ ।  

उक्त शिविरहरुमा २ जना आँखाको अन्य रोगको शल्यक्रिया गरिनुको साथै ८२३ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो । उक्त शिविरमा गेटा आँखा अस्पतालका निर्देशक एवं बरिष्ट नेत्र विशेषज्ञ डा. सुरेश राज पन्तको नेतृत्वमा संचालित शिविरमा, बरिष्ट नेत्र अधिकृत श्री रमेश चन्द्र भट्ट, लगायत १३ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।

शिविर संचालनमा नेपाल नेत्र ज्योति संघ बैतडी र आँखा उपचार केन्द्र सहयोग समिति डडेल्धुराका पदाधिकारीहरुले महत्वपूर्ण योगदान पुर्याएका थिए ।