संविधान दिवसको अन्तिम दिन शनिबार सुदुरपश्चिम प्रदेशको राजधानीमा वृक्षारोपण

संविधान दिवसको अन्तिम दिन शनिबार सुदुरपश्चिम प्रदेशको राजधानीमा वृक्षारोपण

धनगढी । संविधान दिवसको अन्तिम दिन शनिबार सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरीमा वृक्षारोपण गरिएको छ । 

संविधान तथा राष्ट्रिय दिवसको अवसर पारेर सुदुरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो । प्रदेशका बनमन्त्री माया भट्टले प्रस्ताबित राजधानी क्षेत्रमा बृक्षारोपण गर्दा राम्रो सन्देश जाने भन्दै कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

पुर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पाार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवम प्रतिनिधि सभा सदस्य लेखराज भट्टको विषेश उपस्थितिमा उक्त बृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । 

बृक्षारोपण कार्यक्रममा सभामुख अर्जुन बहादुर थापा,उपसभामुख निर्मला जोशी,आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा, उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री माया भट्ट,सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी,भुमि व्यवस्था,कषि तथा सहकारी मन्त्री बिनिता चौधरी, उद्योग,पर्यटन,वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावल को उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रदेश सभा सदस्यहरु र प्रदेश सरकारका उच्च पदस्त कर्मचारी,सुरक्षा निकायका पदाधिकारीहरु र सर्वसाधारणको बाक्लो उपस्थितिमा बृक्षारोपण गरिएको हो ।