धनगढीका ओलीलाई मलेसियामा रजत पदक

धनगढीका ओलीलाई मलेसियामा रजत पदक

मलेसियामा सम्पन्न ५ औँ अन्तर्रा्ष्ट्रिय गोजुरियो करातेमा धनगढीका कमल ओलीले नेपालका लागि रजत पदक हात पारेका छन । ओली ६० किलो तौल समूहको पहिलो चरणमा चाइनिज ताइपेइका खेलाडी र दोस्रो चरणमा भारतलाई पाखा लगाउँदै अगिल्लो चरण प्रवेश गरेका थिए ।

सेमिफाइनलमा फ्रान्सलाई हराउँदै उनि फाइनल पुगेका थिए । फाइनलमा रोमानियाका खेलाडीसँग उनी झिनो अन्तरले पराजित हुँदै नेपालका लागि पहिलो रजत पदक दिलाउन सफल भए । प्रतियोगितामा नेपालको हालसम्म पदक तालिकामा १ रजत रहेको छ ।

कमलले ८ औ राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छन् । यो पदक गोजुरियो करातेको इतिहासमै नेपालले प्राप्त गरेको सबै भन्दा ठुलो पदक भएको मलेसियाबाट अन्तर्रा्ष्ट्रिय रेफरी प्रकाश चन्द जानकारी दिनु भएको छ ।