उपचार नपाएर पाँच महिनादेखि ओछ्यानमै रविलाल

उपचार नपाएर पाँच महिनादेखि ओछ्यानमै रविलाल

उपचारका लागि आर्थिक अभाव हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका ३ हिरापुर टोलका ५१ वर्षीय रविलला चौधरी पाँच महिनादेखि ओछ्यान परेका छन्। जेठ महिनादेखि मेरुदण्डको समस्या देखा परे पनि उपचार अभावमा चौधरी ओछ्यान परेका हुन्।

मेरुदण्डको समस्या देखापरेपछि लामो समय ओछ्यान पर्दा हड्डीको बीचमा घाउ बन्यो। त्यसपछि परिवारले उनलाई उपचारका लागि भारतमा लगे। उपचारका लागि थप खर्च नभएपछि अस्पतालले उनलाई घर फिर्ता गरि दिएको हो। 'उपचारका लागि धेरै खर्च लाग्ने भएपछि अस्पतालले चौधरीलाई घर फिर्ता गरि दिएको छ' छिमेकी दीपक खत्रीले भने, ‘उपचार खर्च जुटाउन धौ-धौ भएको छ।’ परिवारको आर्थिक अवस्थाले उपचार खर्च धान्न नसक्ने भएकाले दातृ निकायको पर्खाइमा रहेको उनले बताए।

चौधरी निकुञ्जबाट विस्थापितसमेत हुन्। कमाई खानका लागि उनीसँग थोरै जग्गा रहेको छ। उनको मेरुदण्डको समस्याले कम्मरमूनीको  भाग चल्न छाडेको छ। हात खुट्टा केही पनि नचल्ने गरेको छ। नगरपालिका कार्यालय र अन्य दातृ निकायलाई चौधरीका परिवारले सहयोगको याचना गरेका छन्।