सु.प समाबेशी बिधालयमा शारिरिक अबस्था सुधार्न फिजियोथेरापी सेवा सुरु

सु.प समाबेशी बिधालयमा शारिरिक अबस्था सुधार्न फिजियोथेरापी सेवा सुरु

 कैलालीको अत्तरियामा रहेको सु.प समाबेशी आधारभुत बिधालयमा फिजियोथेरापी सेवा सुरु गरिएको छ । सुदुरपश्चिमको एक मात्र शारिरिक अपाङ्गता भएका बालबालिकाहरु आवासिय रुपमा अध्ययनरतर उक्त बिधालयका बालबालिकाहरुको शारिरिक अबस्था सुधार्नका लागि आजवाट फिजियोथेरापी सेवाको शुभारम्भ गरिएको हो ।

सु.प समाबेशी आधारभुत बिधालय ब्यबस्थापन समितिका अध्यक्ष दान बहादुर साउँदको सभापतित्वमा आयोजित फिजियोथेरापी सेवा शुभारम्भ कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साँउद प्रमुख अतिथी रहनुभएका थियो । बिशिष्ट अतिथीमा उप प्रमुख रत्ना कडायत र प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट रहनुभउको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख साँउदले मानव जिवनका लागि सबै भन्दा ठुलो धन सम्पत्ति भनेको स्वास्थ्य भएकाले सबैले आ आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुपर्ने बताए ।

पहिला आफु शारिरिक रुपमा तन्दुरुस्त भए मात्रै जुनसुकै काम पनि सहज रुपमा गर्न सकिने हुदा स्वास्थ्य माथि खेलवाड नगर्न सबैमा आग्रह गरे । शारिरिक रुपमा अशक्त एबम् अपाङ्गता भएका स साना बालबालिकाहरुका लागि बिधालयमा फिजियोथेरापीको पनि ब्यबस्था भएकोमा खुसी ब्यक्त गर्दै नगरप्रमुख साउँदले बालबालिकाहरुको दैनिकिमा धेरै सहजता प्रदान गर्नेमा विश्वास लिएको बताए । उनले सपाङ्ग भन्दा पनि शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिहरुले नयाँ नयाँ आबिष्कारहरु गरेर देशबिदेशमा आफ्नो नाम शिखरमा पुञ्याउन सफल भएका थुप्रै उदाहरण रहेको सबैलाई स्मरण गराए ।

तसर्थ शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिहरुले पनि सपाङ्ग जस्तै काम गर्न सक्ने भएकाले सबैभन्दा पहिले दृढ विश्वास र आट चाहिने बताए । कार्यक्रममा बोल्दै उप प्रमुख रत्ना कडायतले सुदुरपश्चिम प्रदेशको राजधानीमा रहेको एक मात्र शारिरिक अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरतर सु.प समाबेशी बिधालयलाई कसरी प्रदेशकै नमुना बिधालय बनाउन सकिन्छ भन्ने चिन्ताको बिषय भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको बताइन् । उनले बिधालयको स्तरोउन्नतीका लागि नगरपालिकाको तर्फवाट गर्न सकिने सहयोग गर्न आफुहरु सदैव तयार रहेको बताइन् ।

सानो उमेर देखी शारिरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुलाई निरन्तर फिजियोथेरापी गराउदै जादा धेरैले नयाँ जिवन पाउने उनले बताइन् । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले आफु गोदावरी नगरपालिकामा आएको एक बर्ष पुग्न लाग्दा सुरुमा देखेको बिधालय र अहिलेकोमा धेरै परिर्वतन आएको बताए । उनले यो परिर्वतन एक दुई जनाले मात्र गर्न सम्भव नभएकाले सबैको साझा प्रयासवाट सु.प समाबेशी आधारभुत बिधालयले सफलता प्राप्त गरेको बताए । अझै पनि यस बिधालयलाई नमुना बनाउन तर्फ सरोकारवाला सबैले ध्यान दिनपर्ने उनले सुझाव दिए ।

उनले अरुको सहायतामा हिडडुल गर्नुपर्ने बाध्यतालाई फिजियोथेरापीले केहि हद सम्म कम गर्ने बताए । हरेक महिनाको शनिवार संचालन गरिने उक्त सेवा आज असोज महिनाको पहिलो शनिवारवाट सुरुवात गरिएको बिधालय प्रशासनले जनाएको छ । फिजियोथेरापी सेवावाट शारिरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुलाई बहुअपाङ्गता हुनवाट बचाउन र सहज रुपमा उठबस एबम् लेखपढ गर्न सकिने बिश्वास लिइएको छ । छाया नेपालको प्राबिधिक सहयोगमा सुरु गएिको सेवा संचालनका लागि २ बर्ष सम्म सम्मको सम्झौता भएको बिधालयका संस्थापक मान बहादुर साउँदले जानकारी दिए ।

उनले लामो संघर्ष पछि उक्त सेवा सुचारु भएकाले अब धेरै हद सम्म बालबालिकाहरुको स्वास्थ्यमा सुधार आउने बताए । उनले प्रत्येक महिनाको एक दिन बिधार्थीहरुको पुरा स्वास्थ्य चेकजाच गरिने पनि बताए । यसका लागि डा. अमित यादब र सहायक इन्द्रा दानपाली गरि २ जना फिजियोथेरापिस्टहरु आएका छन् । कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १ का कार्यवाहक अध्यक्ष कृत बहादुर चन्द र वडा नं २ का अध्यक्ष कृष्णराज जोशीले शुभकामना मन्तब्य राखेका थिए ।

२०६७ सालमा स्थापना भएको सु.प समाबेशी आधारभुत बिधालयमा हाल सुदुरपश्चिमका बिभिन्न जिल्लाका गरि ६० जना बालबालिकाहरु आवासिय रुपमा अध्ययनरत रहेका छन् । बिधालय ब्यबस्थापन समितीका पुर्व सदस्य पुर्ण बोगटीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन बिधालयका संस्थापक मान बहादुर साउदँले गरेका थिए ।