टी–ट्वान्टी वरियतामा नेपाल पुरानै स्थानमा

टी–ट्वान्टी वरियतामा नेपाल पुरानै स्थानमा

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ विरियतामा नेपाल यथावत रहेको छ । आईसीसीले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औँ स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औँ स्थानमा नै थियो ।

नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटीङ अंक पाएको छ । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड रहँदा भारत तेस्रो र अष्ट्रेलिया चौंथो स्थानमा रहेको छ भने दक्षिण अफ्रिका पाँचौं स्थानमा छ ।