कोविड १९ महामारी अपडेट (बिस्तृत मा हेर्नुहोस)

नेपाल

पुष्टि भएको 2,300
निको भएको 278
मृत्यु 9

बिश्व भरि

पुष्टि भएको 6,508,635
निको भएको 2,804,982
मृत्यु 385,947

गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलकाे भूकम्प गयाे

रासस    

गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलकाे भूकम्प गयाे

गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।     

एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ । 



शनिबार ०४, असोज २०७६ ११:४३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस