चाडपर्वको चहलपहलसंगै लुटपाटको सम्भावनाः सीमा नाकामा सहायता कक्ष सञ्चालन

चाडपर्वको चहलपहलसंगै लुटपाटको सम्भावनाः सीमा नाकामा सहायता कक्ष सञ्चालन

धनगढी । दसैँ तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै शुक्रवार कैलालीको त्रिनगर भन्सार नाकामा नेपाल भारत संयुक्त सीमा सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वका बेलामा अधिकांश नेपालीहरु घर फर्किने गर्दछन् । नजिकीदै गरको दशैं तिहारको चहलपहलसंगै नेपाल फर्किनेको संख्या पनि त्यत्तिकै बढेको छ । यो क्रम बढेसंगै सिमामा लुटिने समस्या समाधानका लागी त्रिनगर नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको संयुक्त आयोजनामा सीमा सहायता कक्ष स्थापना गरिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आज एक समारोहका बिच सहायता कक्षको उद्घाटन गर्नुभएको हो । नागरिक सहायता कक्ष स्थापनापछि नेपाली तथा भारतीय नागरिकलाई सिमामा समस्या नहुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, सुदीप गरिले बताउनुभयो ।