असोज तीनलाई असन्तुष्ट पक्षले कालो दिनका रुपमा धनगढीमा मनाए

धनगढी खबर    

असोज तीनलाई असन्तुष्ट पक्षले कालो दिनका रुपमा धनगढीमा मनाए

धनगढी : संविधान जारी भएको चार वर्षको अवसरमा असन्तुष्ट पक्षले कालो दिनका रुपमा मनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयुक्त पहलमा धनगढीको पार्कमोडमा विरोध कार्यक्रम गरिएको छ ।

असन्तुष्ट पक्षले जिल्ला प्रशासन कार्यालयअगाडि विरोध कार्यक्रम गर्ने बनाएका थिए । तर, प्रशासनले अनुमति नदिएपछि उनीहरुले पार्कमोडअगाडि विरोध कार्यक्रम गरेका हुन । संविधान जारी भएको चौथो वर्ष असन्तुष्ट पक्षले असोज ३ कालो दिन भन्दै संविधान नै जलाएका हुन ।

संविधान निर्माणकै क्रमबाट आन्दोलनमा होमिएका थरुहट पक्षधरले संविधानको धारा ३८, ४२, १८, ५६, र २७४ को अनुसूची ४ जलाएका थिए । थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधव थारुले अपुरो संविधान कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने भन्दै थारु, आदिवासी जनजातिहरुको हक अधिकारको ग्यारेन्टी नहुन्जेलसम्म संविधान नमान्ने बताउनुभयो ।

उहाँले अनूसुचि ४ मा सीमांकनको कुरा उल्लेख भएकाले अखण्ड सुदूरपश्चिमको सीमांकन अवैज्ञानिक भएकाले अनुसूची जलाएको बताउनुभयो । सरकारले मन्त्रालय, सरकारी कार्यालय, मन्त्री तथा कर्मचारी निवासमा राति दीप प्रज्वलन गरेर दीपावली मनाइरहँदा असन्तुष्ट पक्षले भने साँझ घरको बत्ती बन्द गरी ’ब्ल्याक आउट’ गरेका हुन।



शुक्रबार ०३, असोज २०७६ ०५:०७ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस