संविधान दिवसको अवसरमा कैलाली कारागार बाट ४ कैदीबन्दी रिहा

संविधान दिवसको अवसरमा कैलाली कारागार बाट ४ कैदीबन्दी रिहा

कैलाली : जिल्ला कारागार कैलालीले संविधान दिवसको अवसर पारेर असल चालचलन, आचरण सुधार र ४० प्रतिशत कैद भुक्तान गरेका ४ जना कैदी बन्दीहरुलाई रिहा गरेको छ।

एउटा ज्यान मार्ने उद्योग र बाँकी सवारी मुद्धामा जेल जीवन बिताइरहेका लाई रिहा गरेको बताईएको छ । रिहा हुनेमा ज्यान मार्ने उद्योगमा कैद जिवन विताईरहेका कैलालीका विपतराम चौधरी, सवारी ज्यान उद्योगका टीकापुर नगरपालिका ४ का राजाराम थारु रहेका छन ।

त्यस्तै सवारी दुर्घटना अंगभंगमा जेल जिवन विताई रहेका कञ्चनपुर भीमदत्त नगरपालिका ८ का मोती उराउ र सोही मुद्धाका बर्दियाका हस्त बहादुर शाही रहेका छन ।