सुदुरपश्चिम सरकारले पनि विभिन्न कार्यक्रम गरी संबिधान दिवस मनायो

सुदुरपश्चिम सरकारले पनि विभिन्न कार्यक्रम गरी संबिधान दिवस मनायो

धनगढी : संविधान दिवसको अवसरमा आज सदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  सुदूरपश्चिममा बढ्दो रगतको अभावलाई मध्यनजर गर्दै संविधान दिवस २०७६ को अवसरमा मन्त्रालयले रक्तदान कार्यक्रमको अयोजना गरेको हो ।

संविधान दिवस तथा राष्ट्रिय एकता हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय भण्डा फहराऔं घरघरमा दिपावली गरौं, भन्ने मुल नाराका साथ संबिधान दिवस मनाईएको हो । सुदूरपश्चिम प्रदेश सरकारले सैविधान दिवस विभिन्न कार्यक्रम गरी धुमधाम संग मनाईएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको दिनलाई दिवसका रुपमा मनाउने गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवसको अवसरमा बाजागाजा सहितको ¥याली, झाकी, छलीया, सखी नाच लगाएतका विभिन्न कार्यक्रम गरेको छ ।

आज बिहान ७ बजे ट्राफिक चौराहबाट  धनगढी रंगशाला सम्म झाँकी सहित प्रभातफेरी आयोजना गरिएको छ ।

असोज २ गते सबै मन्त्रालय, निकाय, सरकारी कार्यालयले आ–आफ्नो स्थानमा राष्ट्रिय झण्डा एवं व्यानर सजाएर नगरको श्रृंगार र सरसफाई गरिएको छ भने प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुद कार्यक्रम आयोजना गरेको थियो । असोज ४ गते सबै कार्यालय हाताभित्र वृक्षारोपण गर्ने र गोदावरीमा पनि वृक्षारोपण गरिने भएको छ ।