संविधान जारी भएको चार वर्ष पूरा, विभिन्न कार्यक्रम गरेर मनाइँदै

धनगढी खबर    

संविधान जारी भएको चार वर्ष पूरा, विभिन्न कार्यक्रम गरेर मनाइँदै

संविधानसभाबाट नयाँ संविधान जारी भएको शुक्रबार चार वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान जारी भएको दिनको सम्झना गर्दै केन्द्र, प्रदेश र पालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले विशेष समारोह आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेनुभएको यो समितिले आयोजना गरेका कार्यक्रममा राष्ट्रपतिलगायत विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्पिति रहनेछ । 

नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् । 

यद्यपि संविधानका अन्तरबस्तुका विषयमा असहमति जाहेर गरेर मधेसवादी दलहरु निरन्तर आन्दोलनमा छन् । यो संविधानमा असहमति जनाउने वा संशोधनको माग गर्नेहरु पनि रहेका छन् ।



शुक्रबार ०३, असोज २०७६ ११:०९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस