धनगढी एक को ब्यबसायिक पसलमा आगलागी भएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा रहेको केवी अटो पार्टसमा आगलागी हुँदा झण्डै ४० लाख बराबरको क्षती भएको कैलाली प्रहरीले जनाएको छ।
बुधबार दिउँसो विश्वकर्मा पुजा गर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
पसलका सञ्चालक विक्रम ऐरले आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको बताए। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।