कन्चनपुरको कृष्णपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

कन्चनपुरको कृष्णपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

कृष्णपुरमा बसको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ।

अन्य एक जना घाईते भएका छन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गुलरिया बजार नजिक ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका– १० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै दुर्घटनामा मोटरसाइल सवार १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएका छन् । कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि भारततर्फ लगिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।