एक्ला अभिभावक "लामा गुरु"

एक्ला अभिभावक "लामा गुरु"

धनगढी ।  सुदूरपश्चिम प्रदेशकोे स्थायी राजधानी घोषित कैलालीको अत्तरिया बजार नजिकै रहेको एक बौद्ध गुम्बा जहाँ भेटिन्छन एक उर्जावान बौद्ध भिक्षु गणेश मोक्तान लामा । हसिलो अनुहार उर्जाले भरिभराउ अनुहारको चमक थोरै मानिसमा मात्रै भेट्टिन्छन । 

दैनिक एक सय जना जतिको लामो लाईनमा बसेका मानिसको बिचमा आसन जमाएर बसेका भेटिन्छन उनि । एकल परिश्रमले निमार्ण गरेको बौद्ध स्तुपा एकल प्रयासमा निमार्ण गरिएको ओत लाग्ने जिर्ण घर तर पनि खुसि भेटिन्छन उनि । 

कथा सुरु हुन्छ २००७ इलाम जिल्लाको सबिकको चिसापानी गाँउबिकास समिति वडा नम्बर–७ बाट एक सामान्य परिवारमा बाबु मान बहादुर मोक्तान र आमा रनमाया मोत्तानको कोख हराभरा पारे जेष्ठ पुत्र गणेश मोत्तानले । बालापन ईलामको चिया बगानमै रमाउनमै बिताएका मोत्तानले १२ वर्षको उमेरमा कक्षा तिन सम्ममात्र अध्ययन गर्न पाए त्यस पछिको अध्ययनका लागी बिद्यालय नै थिएन रे ।

अन्यत्र गएर पढ्नका लागी अर्थिक अवस्थाको अभाव त्यो पनि सम्भव भएन । समय अनुसार चल्दै गर्दा २०१९ सालमा बाबु गुमाए घरको आर्थिक अवस्था बिथोलीयो अनि १२ वर्षे सामान्य बालक मोक्तानको यात्रा तय भयो भारतको पुर्वि क्षेत्र केरला भन्ने ठाँउ । 
भारतको केरलामा बर्मासिल कम्पनिमा गाडीमर्मत सहयोगीको काम पाए केही वर्ष गरे अनि मोत्तान सिलगुडीबाट केही पर चल्तागुडी भन्ने ठाँउमा बन बिभागमा समेत काम गरे । भारतको मजदुरी जिबनकालमा धेरै ठोकर खाएको बताउँछन उनि मोक्तान थर त्यसैमा बौद्ध धर्माबलम्बी हुँदै गर्दा पनि उनले केरलामा हुँदा केरलाका भाषामा क्रृष्चियन धर्मको प्रचार गरेको कठा पनि भन्न भ्याए । कम्पनिको काम सक्काएर धर्म प्रचार गर्न प्रबचन दिन जान थाले उनि सुनाउछन र्र्।

अल्लारे केटो जता भन्यो जान्थे धर्म बुझेको थिएन’ कम्पनिमा कामको सिलसिलामा एक जना ब्राहमण भेटेको बताउछन उक्त ब्राहमण लाई ईलामको घरबाट गएको चिठठ्ी पढ््न लगाउदा आफू त क्रृष्चियन भन्दा राम्रो धर्मको मान्छे रहेको थाहा पाउछन । घरमा आमा बिरामीको खबर पाएका उनि भारतको चल्तागुडीबाट झण्डै आठ वर्ष पछि नेपाल फकिन्छन । 
कुरा २०२७ तिरको हो २० वर्षे लख्खा जवान गणेश मोक्तान आमाले खोजेकी आफ्नै गाउँकी  १८ वषेै यूवती रनमाया मोक्तान संग बिबाह बन्धनमा बाधिए । बिहे पस्च्यात केही बर्ष ईलाम र झापामा पेटी ठेकेदारीमा बिताए । २०२९मा पहिलो छोरा, २०३२मा दोस्रो छोरा २०३२मा छोरी र २०४२मा अर्को छोरी गरी चार सन्तानका पिता बने । जिवनयापन ठिकै थियो चलेकै थियो तर त्याहाँ बाट फेरी मोत्तानको जिवन यात्राले अर्कै मोड लियो । 


२०४२ मा एकाएक पुर्व इलाम बाट मोत्तानको यात्रा सुदुरपश्चिम तय भयो । कैलालीको अत्तरिया बजार नजिकै सानो कच्ची घरमा भाडामा लिएर बस्न थाले एक वर्ष जेनतेन गुजारा गरेका उनले २०४३ सालमा अत्तरियामै रहेको लिसा कम्पनिमा काम गर्न थाले  । कम्पनिको कमाई संगै उनिले लिसा कम्पनि संगै रहेको ऐलानी जग्गामा घर निर्माण गरी २०४६ मा स–परिवार कैलाली ल्याई पुर्याए । लालाबाला हुर्काउदै गर्दा सम्म उमेर उरालो लाग्दै गयो छोरीहरुको बिबाह भयो एक छोरी दुबई र अर्को छोरी भारतमा छिन । छोराहरुको पनि कहानी उस्तै रह्यो दुबैले बिबाह गरे एक छोरा भारतमा छन भने अर्का छोरा अत्तरियामै मोबाईल पसल गरेर बसेका छन । 


कहानीमा मोड तब आयो जब २०६३ साल चैत्रमा लिसा कम्पनिको जागीरबाट बिदा भए अब के गर्ने बारेमा सोच्दै गर्दा मोत्तानको मनमा अध्ययनले ठोक्कायो । उनि भिक्षु कर्मज्ञान सागर गुरुको शिष्य बने । गुरु कर्मसागरले कैलालीको अत्तरिउा स्थीत बजारको उत्तर तर्फ रहेको सामुदायीक जंगलमा बौद्ध स्तुपाको सिलान्यास गरे अनि गुम्बा बनाउन संगै त्रिपिटक अध्ययन (धामीक लामा बिद्या) गरे । 


बौद्ध गुम्बा निमार्ण गर्ने बेलाको पिडा पोख्छन उनि सुरुमै सामुदायीक बनको अवरोध, ईलाका बनको अवरोध हुँदा हुँदा नेपाली सेनाले नंकसांङकन गरेको जमिन भनेर प्रयोग गर्न दिएनन् ।

लामो प्रयास पछि स्थानीय चार दल, साबिकको अत्तरिया नगरपालीका, स्थानिय क्लब, स्थानीय बासिन्दा, सामुदायीक बन संगको सर्बदलिय निर्णय गराएर जिल्ला बन कार्यालयमा गएर अहिन्शाबादी बिश्व शन्ति धर्मचक्र बौद्ध गुम्बाका नाममा एक हेक्टर छुट्टयाउदाको पिडा अहिले सम्झीन्छन । 

अहिन्शाबादी धार्मिक गुरुकुल बिद्यालय स्थापना 

बौद्ध गुम्बा निमार्ण पछि मोक्तान दम्पति मिलेर गुम्बा संगै असाहय र टुहुरा बालबालीकाका लागी निशुल्करुपमा अध्यनका लागी भनेर २०६६ सालमा अहिन्शाबादी धार्मीक गुरुकुल बिद्यालय स्थापना गरे । एक अनाथ बालक बाट सुरु गरेको गुरुकुल पाठसालमा हाल आएर कैलाली, कञ्चनपुर र पहाडी जिल्लाका चार जना बालीका सहित १४ जना रहेका छन । 
गरुकुल पाठसालामा अध्ययन गरिरहेका पाँच वर्ष देखी १६ वर्ष उमेर सम्मका बालबालीहरु रहेका छन । सानो प्रयास बाट स्थापना गरिएको बिद्यालय लाई उच्च स्तर सम्ममा पुर्याउने सपना छ । यहाँ अध्ययन गरेका बिद्यार्थीले भबिस्यमा राम्रो प्रगती गरुन हेर्ने रहेको मोत्तान बताउछन ।

बौद्ध गुरुकुल पाठसाला धान्नै मुस्किल

सानो टिनका टहरा बाट बनेको एक घर छ । वर्षौँदेखि पानी पनि नओत्ने टिनका टहरामा बसेर गुजारा चलाइरहेका स–सानाबालबालीकाहरु कोचाकोच गरी सानो झुपडीमा बस्नुपर्ने त्यसमाथि वर्षाकालमा पर्ने पानी चुहिँदाको समस्या, खाख्यान्नको अभाव, लुगालत्ताको अभाव, घरसगै शौचालय र खानेपानीको समेत राम्रो व्यवस्था छैन । नयाँ टहरा निर्माण गर्ने गुरुकुल संग आर्थिक अभाव छ । आम्दानी श्रोत केही छैन दाता गुर्हादा समेत केही सिप चल्दैन ।  मोत्तान दम्पतिको आफ्नो मेहनत बाहेक केहीगर्न नसकिएको बताए र्। १४ जनाको एक्लो अभिभावक छु कति सम्मगर्न सक्छु’ उनि बताउछन । 
 

आम्दानी श्रोत लामा  गुरु को जडिबुटी मात्र

बिहानै देखीको गुम्बाको भिडले आकलन गर्न सकिन्छ की कतै स–सानो आन्दोलन हुदैछ भनेर । तर त्यो भिड भनेको गुम्बाका लामा गुरु भिमे (लामा भाषमा बाजे) गणेश मोत्तान संग झारफुक गर्ने र जडिबुटी गर्न आउने हुन्छ । मोत्तान लामा गुरुमात्र नभई जडिबुटी मुलक उपचारमा पनि पोख्त छन ।

आज सम्म झण्डै ५० हजार जना लाई उपचार गरेर ठिक गरि पठाएको सुनाउछन । बिरामी ठिक भए पछि केही पैशा दिने र सो पैशाले गुरुकुल धानीरहेको बताउछन । मोत्तान संग प्रायः जसो जन्डीस, सुगर, ग्याट्रीक, बाथरोग, गाठागुठी, दुखाईका रोगी र झारफुकका बिरामीको भिड लाग्ने गर्दछ  । 

समस्याको चाङ छ तर पनि पिडा कस्ले सुन्ने कुरामा जोड दिदै भने हाल सम्ममा गत वर्ष गोदावरी नगरपालीकाले दुईलाख ७१ हजार रकम छुट्टयाएको थियो उक्त रकममा बिद्यार्थि बालबालीकाहरुका लागी बिद्यालयमा बस्ने बेन्च डेस्क बनाएको र अध्यन सामग्री खरिद गरेको बताउछन । 

गुम्बाका बिद्यार्थीहरु लाई शैक्षिक सामाग्री

बौद्ध गुम्बाका अहिन्शाबादी धार्मीक गुरुकुल बिद्यालयमा रहेका बिद्यार्थीहरु लाई शैक्षिक सामाग्री, खेलकुद सामग्री र खाद्ययान्न बितरण गरिएको छ । 
ससस्त्र प्रहरी बल बैद्यनाथ बाहिनिका अत्तरियाका प्रमुख प्रहरी नायव महानिरिक्षक गोबिन्द्र क्षेत्रीको आथित्यतामा कञ्चनपुरका एक यूवाले बिद्यार्थीहरु लाई शैक्षिक सामाग्री, खेलकुद सामग्री र खाद्यायान्न बितरण गरिएको छ । कञ्चनपुरको भिमदत्तनगरपालीका–४ का ३५ वर्षिय यूवा आसेफसम्सेर कुँवरले उक्त सामग्रीहरु गुम्बाका लामा गूरु गणेश मोक्तान लामालाई हस्तान्तरण गरेका छन ।


गुरुकुलका बालबालीकाले अध्ययन सामग्री र खेलकुद सामग्री पाए पछि हर्सित बनेका छन । फुटबल हातमा पर्ने बित्तिकै खेल्ल सुरु गरेका १० वर्षीय बालक अनिस मगरको खुसिको सिमा थिएन । भलीबल खेलेको देदेखेको थिए तर आज खेल्न पाए खुसि हुदै आफै भन्छन । 
यस्तै ब्याडबेन्टीन रकेट र कर्क लाई हातमा लिएर कोखमा च्यापेकी ११ वर्षिया रितु तामाङले भने केही बेर कोखमा च्यापेको देख्दा खुसिले हर्सित भएको अनुभव गर्न मिल्छ ।र्
 गुरुकुलको आर्थिक अवस्था कमजोर रहेको थाहा पाए सहयोग गर्ने ईच्छा जाग्यो अनि थोरै भए पनि राहत हुने भएकाले सहयोग गर्न पाए ।’ कुँवर बताउछन । 


उज्वल भबिस्य बोकेका स–साना बालबालीका त्यसैमा अभिभावक गुमाएका बालबालीका लाई सहयोग गर्न पाउनु गर्बको कुरा हो भन्दै अगामी दिनमा आवस्यक भौतिक सहयोगका लागी जुनसुकै बेलापनि तत्पर रहेको ससस्त्र प्रहरी बल बैद्यनाथ बाहिनिका अत्तरियाका प्रमुख प्रहरी नायव महानिरिक्षक गोबिन्द्र क्षेत्रीले बताए । हरेक बालबालीकाको शिक्षामा पहुँच हुनु जरुरी छ । भोलीका कर्णधार बालबालीकाहरुको शैक्षिक अवस्था लाई सहयोग गर्न सम्बन्धीत निकायको ध्यान पुगोस भन्ने कुरामा जोड दिए । सबैले मिलेर सहयोग गरे यस्ता धेरै बालबालीकाको भबिस्य उज्जवल हुने बताउदै आफु बाहिनीमा हुन्जेल पुर्ण सहयोग गर्न प्रहरी नायव महानिरिक्षक क्षेत्रीले बताए ।

आर्थिक अवस्थाले कमजोर, बिपन्न, अपाङग, सडक बालबालीका, असाहय असक्त जेष्ठ नागरिकहरु लाई सहयोग आफुले जुनसुकै बेला पनि गर्न तयार रहेको बताउछन कुँवर । सबैले सहयोग गरे के हुदैन र भन्ने कुरा लाई जोड दिदै आगामी दिनमा मेडिकल सिबिर बाट सेवागर्ने बताउछन । उनि संगै उनका परिवारका सदस्यहरु पनि सामाजिक सेवामा सधै तल्लीन रहेका छन । 


कुँवर कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष आसेफ कुँवरका भाई हुन ।  वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु)ले तलब भत्ता बाफत प्राप्त भएको हरेक बर्षको रकम बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई बर्षेनी वितरण गर्दे आएका छन ।