कोविड १९ महामारी अपडेट (बिस्तृत मा हेर्नुहोस)

नेपाल

पुष्टि भएको 2,300
निको भएको 278
मृत्यु 9

बिश्व भरि

पुष्टि भएको 6,508,635
निको भएको 2,804,982
मृत्यु 385,947

मोदीलाई प्रधानमन्त्री ओलीद्वारा तीन भाषामा शुभकामना

धनगढी खबर    

मोदीलाई प्रधानमन्त्री ओलीद्वारा तीन भाषामा शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनमा तीन भाषामा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा ट्वीट गर्दै समकक्षी मोदीलाई शुभकामना दिनुभएको हो । 

प्रधानमन्त्री ओलीको ट्वीटपछि भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा ट्विट गर्दै भन्नुभएको छ, ‘मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईंको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु ।’

भारतीय प्रधानमन्त्री मोदीले मंगलबार आफ्नो जन्मदिन मनाउनुभएको हो ।



बुधबार ०१, असोज २०७६ ०८:५४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस