कैलालीको अत्तरियाबाट बाल दिवसकै दिन बालिका बेपत्ता

कैलालीको अत्तरियाबाट बाल दिवसकै दिन बालिका बेपत्ता

 कैलालीको गोदावरी नगरपालिका १ बिजयनगरमा बस्दै आएकी एक बालिका आईतबार बाल दिवसकै दिन बेवत्ता भएकी छिन ।डडेल्धुरा परशुराम नगरपालिका ५ परिगाउँ घर भएकी १३ बर्षिय जानकी नाथ आफ्नो काका काकीको घरमा बस्दै आएकी थिईन । गोदावरी नगरपालिका २ मा रहेको शुदूरपश्चिम माद्यमिक बिद्यालयमा कक्षा ८ मा अद्ययनरत जानकी नाथ आईतबार बिहान ६ बजे घर बाट अत्तरियाको बनखेतमा दुध पुगाउँन गएकै समयमा बेपत्ता भएकी काकी जयन्ती नाथले बताईन ।

उनले घर देखि ५ मिनेटको दुरीमा रहेको घरमा बिहान दुध पुगाउँन गएको भएपनि १ घण्टा सम्म पनि घर नफर्केपछि खोजि कार्य गरेको तर कतै फेला नपरेको बताईन ।उनले बेपत्ता छोरीको खोजिका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएको भएपनि २ दिन बितिसक्दा पनि कुनै पत्तो नलागेको बताईन ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी ज्ञान बहादुर बिष्टले बालिकाको खोजिकार्य जारी बताएका छन । उनले कार्यालयमा हराएको खबर पाउना साथै संङ्कास्पद सबै ठाउँमा खोजि गरेको भएपनि बालिका फेला नपरेको बताए । उनले बालिकाको खोजिकार्यका लागि जिल्ला प्रहरी कार्यालय र सिमा क्षेत्रमा नाकाहरुमा पनि खवर गरिएको बताए ।बेपत्ता बालिकाका आफन्तले खोजि कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन ।