अछाममा गाउँपालिका अध्यक्षलाई लक्षित गर्दै गोली प्रहार

अछाममा गाउँपालिका अध्यक्षलाई लक्षित गर्दै गोली प्रहार

अज्ञात समुहद्वारा स्थानीय तहमा आक्रमण हुने क्रम बढीरहेको छ । पछिल्लो पटक आइतबार साँझ अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँदलाई लक्षिति गरी गोल्री प्रहर गरिएको छ । भने कैलालीको लम्कीचुहा नगरपालिका नगर प्रमुखको कार्यकक्षमा अज्ञात समूहले आगजनी र तोडफोड गरेको छ ।

यस्तै बझाङको बिथ्थडचीर गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ । कैलालीको लम्की चुहामा आगजनीबाट नगरप्रमुख बस्ने कुर्सी लगायत नगरप्रमुखको कार्यकक्षमा रहेका फर्निचरमा क्षति पुगेको छ । 
अछाममा रामारोशन गाउँपालिका कार्यालय संगै जोडिएको निवासमा रहेका साउद माथि आक्रमणको प्रयास भएको हो । साँझ ७ बजेको समयमा अध्यक्ष साउद माथि लक्षित गरि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनक बहादुर शाहीले जानकारी दिए ।

चाईनिज पेस्तोल बाट गोली हान्ने प्रयास गरेकोमा प्रहरी चौकी सान्तडा अछाममा कार्यरत प्रहरी सहायक निरीक्षक भरत बहादुर रोकायले पेस्तोल ताकेको अवस्थामा अवरोध गर्दा पेस्तोल बाट गोली फायर भई कोठामा विच्छाईएको कार्पेटमा लागेको रोकायाले जानकारी दिए । पक्राउ गर्ने प्रयास गरे पनि गोली प्रहार गर्ने व्यक्ति ६ सय मिटर टाढा रहेको कैलाश खोलामा हाम फालेर भागेको प्रहरी जनाएको छ ।

गोलि प्रहार गर्ने ब्यक्तिको खोजतलास लागि  प्रहरी निरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा ११ जनाको टोली घटना स्थलमा खटिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शाहीले जानकारी दिए । आफु माथि कसले र किन आक्रमणको प्रयास ग¥यो भन्ने थाहा नभएको गाउँपालिका अध्यक्ष साउँदले बताए । साउँदले सोमबार बिहान धनगढी खबरसित टेलिफोनमा कुरा गर्दै गाउँपालिमा असुरक्षा बढेको महसुश भएकोले जिल्ला सदरमुकामको सुरक्षा निकायलाई सुरक्षा थप गर्न माग गरिने बताए । प्रहरीले भने अध्यक्ष  साउँद माथि आक्रमण गरेर त्रास फैलाउन खोजिएको र यसमा बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता संंलग्न हुन सक्ने आशंक छ ।

यस्तै कैलालीको लम्कीचुहा नगरपालिकामा नगर प्रमुख महादेव बजगाईले आईतबार बिहान कार्यालयमा आउँदा आगजनी भएको थाहा पाएको बताए । उनले घटनाको बारेमा प्रहरीलाई जानकारी गराईसकेको समेत बताए ।

यसैगरी बझाङको बिथ्थड चीर गाउँपालिकाको गाडीमा शनिवार अज्ञात समूहले आगजनी गरेको छ । स्थानीय देउलेख बजारमा पार्किङ गरेर राखेको गाडी अज्ञात समुहले आगजनी गरेको हो । शनिवार राती करीव साढे १ बजेको समयमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

आगजनीबाट गाँउपालिकाको से १ झ २७४ नम्बरको गाडीको अगाडीको भाग पूर्ण रुपमा जलेर नस्ट भएको बिथ्थडचिर गाँउपालिकाका स्थानियले जानकारी दिएका छन । स्याडी प्रहरी चौकीबाट खटीएको टोलीले घट्नामा सँङ्लग्न भएको आसंकामा नेत्रबिक्रम चन्द्र विप्लव नेकपाका कार्यकर्ता अम्मर महरलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी इश्वरीदत्त पाण्डेले जानकारी दिए ।

गाडीमा आगो लगाएको बिषयमा अनुसन्धान भईरहेको र घटनामा सँङ्लग्नहरुको खोजकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।