आज राष्ट्रिय बाल दिवसः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय बाल दिवसः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

धनगढी । बालपनको यादहरु हामीहरुसबै संग ताजा छ, हामीमध्ये धेरैलाई आफू धेरै छिटो बुढो या वयस्क भएजस्तो भान हुन्छ पनि, किनभने बालापन छ नै यति मिठो कि अहिले खाने चकलेटको स्वाद भन्दा एकपल बालपनको संझना गर्दा मनमा आउने मिठास धेरैगुणा गुलियो हुन्छ । 

आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर बालबालिका केन्द्रित कार्यक्रमको आयोजना गरेका छन् ।

आजको दिनले हामी हुर्किइसकेकालाई बालबालिकाप्रतिको हाम्रो कर्तब्यको दायित्व याद गराउँदछ । तिनै बालबालिका जसमाथी विभिन्न स्थान र शैलीमा दुरव्यवहार गरिन्छ अनि भइरहेको पनि छ, अपहेलना गरिन्छ, जो बिरामी परेका छन र उपचारको पहुँचमा छैनन र ति बालबालिकाहरु जो खुशी छैनन, तिनिहरुको मुहार र जीवनमा मुस्कान ल्याउन सक्नुनै आजको दिनको उद्देश्य हो ।


नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।