नेपाल आईस धनगढी फुटसल लिगको उपाधि कैलाश विकास वैंकलाई

धनगढी खबर    

नेपाल आईस धनगढी फुटसल लिगको उपाधि कैलाश विकास वैंकलाई

धनगढी–नेपाल आईस धनगढी फुटसल लिगको उपाधि कैलाश विकास वैंकले जितेको छ । नविल वैंकलाई ९—४ ले हराउँदै कैलाश विकास बैंकले उपाधि जितेको हो । सुदुरपश्चिम प्रदेशको सर्वाधिक धनराशीको नेपाल आईस धनगढी फुटसल लिगको  विजेता बनेसँगै कैलाश विकास वैंकले नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको नविल बैंकले नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । कैलाशलाई उपाधि जिताउन निशान थापाले दोहोरो ह्याटिक गरे भने रमेश वोहोराले २ र महेश चौधरीले एक गोल थपे । नविका लागि विवेक विष्टले २ तथा विरेन्द्र विष्ट र केशव चौधरीले एक एक गोल फर्काए । 
फ्ल्याटल्याण्ड फुटसलमा भदौ ६ गतेदेखि सुरु भएर शनिबार सकिएको लिगको उत्कृष्ट खेलाडी नविल वैंका विरेन्द्र विष्ट भए । सर्वाधिक गोलकर्ता कैलाश विकास वैंकका रमेश वोहरा र उत्कृष्ट गोलरक्षक कैलाशकै सन्दीप शर्मा भए । विजयी खेलाडीहरुलाई एक समारोहका बीच ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको छ । फ्ल्याटल्याण्ड फुटसलका अध्यक्ष आशिष शाहको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड रहनुभएको थियो । 
फ्ल्याटल्याण्ड फुटसलको आयोजना तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह आयोजनामा भएको धनगढी फुटसल लिगलाई सिजी ब्रुअरीको उत्पादन नेपाल आईसले प्रायोजन गरेको थियो भने धनगढी उपमहानगरपालिका प्रबद्र्धक रहेको थियो ।
 



आइतबार २९, भदौ २०७६ ०७:०५ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस