आकर्षक उपहार भन्दै ठगी गर्ने ६ भारतीय नागरिक पक्राउ

आकर्षक उपहार भन्दै ठगी गर्ने ६ भारतीय नागरिक पक्राउ

धनगढी । आकर्षक उपहार भन्दै ठगी गर्ने ६ भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरि कार्यालय कैलालीका प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । उनीहरुको साथबाट ४५ हजार नगद सहित ३ थान मोवाईल, चार खोलेका र सात सय खोल्न बाँकी कुपन पनि बरामद गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार भारतको उत्तरप्रदेश जिल्लाको बहराईच ताहसिल पचागपुरका २६ वर्षीय शैलेश त्रिपाठी, सोही ठाउँका २९ वर्षीय निरन्जन सिंह, २४ वर्षीय नरपती सिंह २३ वर्षीय आशिष सिंह, ३० वर्षीय बिन्देश्वरी सिंह र ३९ वर्षीय पंकज कुमार तिवारी पक्राउ परेका हुन् ।